निर्माणाधिन ईनारमा डुबेर बालकको मृत्यु

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५, तोस्रामा आज ईनारमा डुबेर एक बालकको मृत्यु भएको छ ।
निर्माणाधिन कुँवामा चिप्लेर खस्दा दश वर्षिय बालक रमेश बुचामगरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बाबियाचौरले जानकारी दिएको छ ।
मृत्तक रमेशका वुवा आमा दुबै शिक्षक भएपनि उनी मामाघर बस्दै आएकाले घटना बारे थप अनुसान्धन भईरहेको प्रहरी निरीक्षक ज्ञानबहादुर खत्रीले जानकारी दिए ।
गाउँलाई पिउने पानीको जोहो गर्न दुई वर्ष अघि गैर सरकारी संस्थाले बनाउन लागेको कुँवा रकम अभावका कारण अधुरै छोडिदिँदा जोखिम बनेको उनले बताए ।

सम्बन्धित समाचार