दुर्लभ वन्यजन्तु रेडपाण्डा संरक्षणमा हातेमालो नेपाल

जुम्ला ः दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षण कर्णाली हातेमालो सेवा समाज जुम्ला जुटेको छ । यस संस्थाले जुम्लाको सिजा, तातोपानी र पातारासी गाउपालिकामा रेड पाण्डा संरक्षणको कार्य गर्दे आएको हो । कर्णाली हातेमालो सेवा समाज जुम्लाका कार्यकारी निर्देशक टेकवहादुर रावतले रेडपाण्डाको संरक्षणका लागि स्थानीय तहमा तिब्र छलफल भईरहेको छ। उनले भने,स्थानीय तहले पनि सकारात्मक प्रतिक्रिया दिदै आएका छन्। उनी वन्यजन्तु संरक्षण ऐन २०२९ मा कुनै पनि व्यक्तिले नियन्त्रणमा राखेको वा मारेको र ओसारपसार गरेको पाइएमा १ देखि १० वर्षसम्म कैद वा एकदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान रहेको बताउँछन।
रेण्डपाण्डा संरक्षण जुम्लामा चुनौतीपूर्ण बन्दै गएको छ ।बासस्थान विनास, खण्डीकरण, चोरी शिकारीका कारण संरक्षित क्षेत्रमै संख्या कम हुनु यसका प्रमुख चुनौती रहेको प्रशिक्षक शंखर प्रसाद कोइरालाले बताए । उनले भने, रेडपाण्डाको चोरी शिकारी नियन्त्रणमा मीडियाको भूमिका मिहत्वुपुण हुने बताए । रेड पाण्डा संरक्षणमा चुनौती थपिएकाले हातेमालो नेपाल जुम्लाले चिन्ता ब्यक्त गरेको छ ।
रेड पाण्डा संरक्षणमा स्थानीय सरकार जागरुक बन्नु पर्ने आबश्यक छ । रेड पाण्डाको संरक्षण र चोरी शिकारीमा स्थानीय सरकारले नीतिगत व्यवस्था गर्नु पर्छ,रेपाण्डा संरक्षक दिनेश घले भन्छन्,‘ रेडपाण्डाको संरक्षणमा स्थानीय सरकार जिम्मेवार हुनैपर्छ।’ रेडपाण्डा संरक्षणमा सक्रिय संस्था रेडपाण्डा नेटवर्कका कार्यक्रम हामीले लागु गरेका छौ । उनले भने ,“रेड पाण्डाको संरक्षणका लागि सामुदायिक वनका पदाधिकारीलाई सचेतना दिने काम भइरहेको छ । उनले भने,‘ सामुदायिक बन संरक्षणको काम अघि बढ्ने बित्तिकै रेडपाण्डाको संरक्षण हुने देखिन्छ । ’
उनले भने,‘ वन क्षेत्रमा हुने आगलागी, गाईवस्तु चरिचरन, बढ्दो मानवीय गतिविधिले रेड पाण्डाको संरक्षण चुनौतिपूर्ण देखिएको छ । रेड पाण्डाको चोरी शिकारीसँगै लेकाली गोठमा पालिने कुकुरको आक्रमणले पनि रेड पाण्डा असुरक्षित हुने गरेका छन् ।’
सामुदायिक वनहरुसँग सहकार्य गर्दै रेड पाण्डाको वासस्थान पहिचान गर्नका लागी नियमित अनुगमन गर्ने, सामुदायिक वनका पदाधिकारीहरुलाई सशक्तीकरण गरेर बासस्थानको संरक्षण गर्ने कार्यमा जुट्न खोजिएको छ ।
कर्णाली हातेमालो सेवा समाज जुम्लाका कार्यकारी निर्देशक टेकवहादुर रावत भन्छन ,“उच्च पहाडी क्षेत्रका वन क्षेत्रमा पाइने रेडपाण्डाको आयु ८ देखि १० बर्षसम्म हुन्छ।

पुस र फागुनमा भाले लाग्ने र जेठदेखि साउन सम्म गर्भाधान हुने महिनाको रुपमा लिइन्छ। रेड पाण्डालाई पर्यटन प्रवद्र्धन गर्न र अध्ययन अनुसन्धान गर्न महत्वपूर्ण वन्यजन्तु मानिएको रावतले स्थानीय सरकारको तर्फबाट यसको संरक्षणमा ध्यान दिनु पर्ने बताए। रेड पाण्डा नेटवर्कसँगको सहकार्यमा कर्णाली हातेमालो सेवा समाज जुम्लाले जुम्लाका तिनवटा स्थानीय तहमा रेड पाण्डा संरक्षणको कार्य गर्दे आएको छ।

निगालोको टुसा र पात रेड पाण्डाको मुख्य आहारा हो । रातो हाब्रेको नामाले चिनिने रेड पाण्डाको बासस्थान विनाश, चोरी शिकारीका घटना लगायतका कारण संरक्षणमा कठिनाइ थपिँदै गएको हो । दुर्गम क्षेत्रमा यातायात, मानव बस्ती र चरिचरण क्षेत्रको विस्तार, वन डढेलो, रासायनिक वस्तुको अधिकतम प्रयोग, चोरी शिकारजस्ता कार्य भईरहेको प्रशिक्षक शंखर प्रसाद कोइरालाले बताए ।

उनले भने ,नेपालमा रेडपाण्डा संरक्षणका लागी गरिएको अनुशन्धाले २३ हिमाली तथा पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, डोल्पा, जुम्ला, मुगु, कालीकोट र जाजरकोटमा रेडपाण्डा पाईदै आएको छ । उनले देशभर रेडपाण्डाको अबैध ओसारपोसरका कारण ५८ जनाले कारागारमा रहेका छन ।

एक दशक अघि यहाँका गाँउ ठाँउमा सजिलै देख्न सकिने रेडपाण्डा लोप भएपछि यसको संरक्षणमा चासो बढेको हातेमालो नेपाल जुम्लाले बताएको छ । समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम मार्फत रेडपाण्डा नेटवर्कको सहयोगमा हातेमालो सेवा समाज जुम्लाद्धारा रेडपाण्डा संरक्षणका लागि जिल्लाका बन क्षेत्रमा ब्लक निर्धारण गरी उनिहरुको बासस्थान सुरक्षित गर्ने प्रयास थालीएको छ ।