समृद्ध मुलुक वन्न खेल क्षेत्रको विकास हुनै पर्छ : मुख्य सचेतक शाह

सुर्खेत ।
प्रथम मेयर कप वागचौर नगरको सान, स्वस्थ जीवन र खेलकुद प्रवर्धन हाम्रो अभियानु भन्ने मुल नाराका साथ प्रथम मेयर कप खेलकुद प्रतियोगिता २०७६ सल्यान जिल्लाको वागचौरमा वुुधवारदेखि सुरु भएको छ ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक प्रदेश सभा सदस्य गुलावजंग शाहले प्रथम मेयर कपको सफलताको शुभकामना व्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । उनले यो कार्यक्रमवाट अन्य स्थानीय तहले पनि सिक्नु पर्नेमा जोड दिए ।
शाहले समृद्ध मुलुक वन्न खेल क्षेत्रको विकास हुनुपर्ने वताए । सानो उमेरमा सवै मानिस कुनै न कुनै खेलमा सहभागी भएको वताए। नगरवाट जिल्ला अनि प्रदेश हुदै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी वन्न यो कार्यक्रमले सहयोग गर्नेमा आफु आशावादी रहेको वताए ।
खेलाडीहरुले अनुशासित भएर सहभागी हुनुपर्ने सुझाव दिदै यसले राष्ट्रनिर्माणमा सहयोग पुग्ने वताए । अनुशासित मात्र नभई ईमानदारीताकोपनि खाचो छु, मुख्य सचेतक शाहले भने ।
केन्द्र सरकारले संघीय सरकारका अधिकारहरु कुण्ठित गर्न खोजेको भन्दै संविधान वमोजिम चल्न आग्रह गरे । उनले भने, संघले प्रदेशलाई र प्रदेशले स्थानीय तहको अधिकार संकुचन गर्न खोजेको छ, यसले सुखी नेपाली र समृद्ध नेपाल वनाउने अभियानलाई सहयोग पुग्दैन ।
केपी वली सरकारले विकास निर्माणमा अब तिव्रता दिने वताउदै शाहले भने, ुधेरै आयोजनाहरु समय अगावै सम्पन्न भईरहेका छन, गौतम वुद्द विमानस्थल, भेरी बंबई डाईभर्सन, पोखरा विमानस्थल यसका उदाहरण हुन । केन्द्रमा दुई तिहाइ वहुमत प्राप्त सरकार वनेकोले अव देशमा राजनीतिक स्थायित्व हुने वताए । देशमा सुशासन आउने अनि विकासले ऐतिहासिक फड्को मार्ने उनले वताए ।
प्रदेश सरकारले दुई आवको वजेट कार्यान्वयन गर्न नसकेको आरोप लगाउदै आगामी आवमा त्यसो हुन नदिने वताए ।
कार्यक्रमलाई विशिष्ट अतिथिको आसनवाट संवोधन गर्दै वनगाड कुपिन्डे नगरपालिकाका प्रमुख गोविन्द पुनले खेलकुदको कार्यक्रमले एकताको संदेश दिएको वताए। उनले १२ वटै वडावाट सहभागीता भएकोमा खुसी व्यक्त गरे । उनले कुपिन्डे ताल संचालनमा अनियमितता भएको वताउदै छानबिनको माग गरे ।
दारमा गाउपालिकाका अध्यक्ष निमवहादुर केसीले सामाजिक संजालले युवा पुस्तालाई ध्वस्त पारेको वताउदै खेलकुदतर्फ लाग्दा राम्रो हुने सुझाव दिए ।
कुमाख गाउपालिकाका अध्यक्ष डिलमाया वुढाथोकीले मेयरकपको सफलताको शुभकामना दिदै स्थानीय तहको निर्वाचन पछि विकासले गति लिएको वताईन ।
छत्रेश्वरी गाउपालिकाका अध्यक्ष सन्तोष केसीले खेलकुदले विध्याथीहरुको मानसिक र शारीरिक स्फुर्ती वढने वताए । यसैगरी सिद्धकुमा गाउपालिका उपप्रमुख पुष्पा वोहराले वागचौरका प्रमुख वुढाथोकीवाट आफुले धेरै सिकेको वताईन ।
कार्यक्रममा सल्यानका प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले खेलले एकता र अनुशासित वनाउने भन्दै त्यसैकारण आफुलाई खेलकुद मन पर्ने वताए ।
वुधवार उद्घाटन भएको खेलमा ११ वटा प्रतियोगीतात्मक खेलहरु हुनेछन् भने ३ अन्य खेल समेत संचालन हुने आयोजक नगरपालिकाका प्रमुख वुढाथोकीले जानकारी दिए । प्रतियोगीतामा ७०० भन्दा वढी स्थानीय खेलाडीहरुको सहभागीता रहनेछ ।
जेष्ठ ६ गतेसम्म संचालन हुुने मेयरकप प्रतियोगीतामा वाघचौर नगरपालिकाका १२ वटै वडाका खेलाडीहरुको सहभागीता रहेको छ ।
मेयरकपमा १५ लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । यसकालागि वागचौर नगरपालिकाले रु १० लाख विनियोजन गरेको छ । यसैगरी १० लाख रुपैया खेल सामाग्री खरिदको लागि विनियोजन गरेको र नपुग हुन आउने रकम यसै वजेटवाट खर्च गरिने नगरपालिकाका प्रमुख लोकमान वुढाथोकीले जानकारी दिए ।
मेयरकपमा संचालन हुने खेलहरुमा पुरुष र महिला भलिबल, पुरुष फुटबल , कपर्दी महिलार पुरुष, लङ्जम्प, हाईजम्प, हाजिरी जवाफ, दौड १०० मी र १५०० मी, खुला व्याटमिन्टन, तेक्यान्दो, सटपुट, लोक दोहोरी र वक्तृत्वकला प्रतियोगीताहरु संचालन हुनेछ ।
कार्यक्रममा खेलाडीहरुवाट र्यालीको प्रदर्शनी, स्थानीय मयुर नृत्य, सोरठी नृत्य, बाल नृत्य, विभिन्न आमा समुहहरुको नाच र विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।
नेपाली कांग्रेस क्षेत्रीय अध्यक्ष गोरखवहादुर केसी, नेकपा प्रदेश कमिटी सदस्य कृतिवहादुर पुन, उपप्रमुख पुष्पा वोहरा लगायतले खेलकुदको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा सल्यान जिल्ला प्रहरी प्रमुख वीरेन्द्रवहादुर शाही, जिल्ला स्थित राष्ट्रिय अनुसंधानका डिएसपी अशोक कार्की, सशस्त्र प्रहरीका डिएसपी विमल डाङी र सुर्खेत चेम्बर अफ कमर्सका अध्यक्ष चिन्तामणि शर्मा लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सभापतित्व वागचौर नगरपालिकाका प्रमुख लोकमान वुढाथोकीले गरेका थिए ।
मैदान खारा कृषि सडक उद्घाटन
यसैविच सांसद शाहले मैदान खारा पैयाडाडा भदालेखोला कृषि सडकको उद्घााटन गरेका छन । उनले दार्म गाउँपालिका वडा नं ४ मौलाहाले फारुलाचौर निर्माणाधीन सडकको अनुगमन समेत गरेका छन ।
नेकपा कर्णाली प्रदेशका मुख्य सचेतक समेत रहेका शाहले दारम पालिका वडा नं २,३,४ का जनप्रतिनिधि, स्थानीय कार्यकर्ताहरु, वुद्दीजिवी, शिक्षक, कर्मचारीहरुसंग भेटघाट गरेका छन । उनले राष्ट्रिय मावि दार्मकोट, जनकल्याण प्रावि स्यालागाउ र वालवोध निमावि काफलगैराको अवलोकन गरेका छन ।
दार्म गाउपालिकामा रहेका ३६ वटा विध्यालयको वैठकलाई संवोधन समेत गरेका छन ।

सम्बन्धित समाचार