अपांगता भएका व्यक्तिहरुका हक अधिकार सम्बन्धी एक दिने गोष्टि सम्पन्न

लक्ष्यबहादुर सुनार
सुर्खेत ।
अपांगता भएका व्यक्तिहरुका हक अधिकारका विषयमा सरोकारवालाहरुले व्यापक छलफल गरेका छन ।
सुर्खेतको सिम्ता गाउँपालिकाको महिला तथा वालवालिका शाखाको आर्थिक सहयोग तथा अपांग उत्थान केन्द्र सिम्ताको आयोजनामा बिहिवार १ दिने गोष्टि सम्पन्न भएको हाे ।
अपांगता भएका व्यक्तिहरको हक अधिकार सम्बन्धि ऐन कानुन २०७४ संसोधित सहित २०७५ मा भएको नीति नियम र कानुनका विषयमा छलफल गरिएको छ ।
अपांगता भएका व्यक्तिहरुकालागि निःशुलक शिक्षा, परिचय पत्र वितरण , अपांगताको प्रकृति हेरेर नेपाल सरकारले दिएको श्रेणी विभाजन यातायातमा छुट लगायत कानुनमा भएका अन्य प्रावधानहरुका विषयमा छलफल गरिएको अपांग उत्थान केन्द्र सिम्ताका अध्यक्ष योगेन्द्र शाहीले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले अपांता भएका व्यक्तिहरुको हक अधिकारकालागि गाउँपालिकाले यस अघि नै परचयपत्र वितरण गरिसकेको भन्दै अपांगता भएका व्यक्तिहरुको उत्थानकालागि सहयोग गर्न गाउँपालिका तयार रहेको बताए ।
कार्यक्रममा ३८ जना अपांगता भएका व्यत्तिहरुको सहभागिता रहेको थियो उनीहरुले सिम्ता ६ राकममा सञ्चालन भएको अपांग छात्रावासलाई ब्यवस्थित र सुविधासम्पन्न बनाईदिन गाउँपालिका समक्ष माग गरेका छन ।







