गुठीचौर गाउँपालिकाले दिन थाल्यो एकल पुरुष भत्ता
जुम्ला ःङजुम्लाको गुठीचौर गाउँपालिकाले एक पुरुष (विदुर) भत्ता दिन थालेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष ०७८÷०७९ मा एक पुरुष भत्ता दिने भएको हो ।
गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीका अनुसार ४१ वर्षदेखि ५९ वर्षसम्मका एकल पुरुषलाई (विदुर) भत्ता प्रदान गर्ने निर्णय गरेका छौँ । उनले भने मासिक दुई हजार रुपियाँ विदुर भत्ता दिने निर्णय गरेका छौँ । यसका लागि ७ लाख बजेटको व्यवस्थापन गरिएको छ । पछि अपुग बजेट थप पनि गर्ने छौँ ।
नेपाल सरकारले ६० वर्ष माथिका जेष्ठ नागरिक, एकल महिला, बालबालिका र अपांगता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । गुठिचौर गाउँपालिकाले भने यस बाहेक थप एकल पुरुष (विदुर) भत्ता प्रदान गर्ने व्यवस्थापन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मदन देवकोटाले बताए । उनले भने अहिले हामी तथ्यांक संकलनको प्रक्रियामा छौँ । यस्तै गर्भवती तथा सुत्केरी महिलालाई पोषणयूक्त बनाउनका लागि पोषणयूक्ता खाने आहारा हर्लिक्स, कुखुरा, अण्डा पनि वितरण गर्दै आएको गाउँपालिकाले जनाएको छ ।








