बिद्यालय बगरमा परिणत ,पठनपाठन प्रभावित

जुम्ला ः लगातारको वर्षाले तातोपानी गाउपालिका ४–हाँकुमा अबस्थित नेत्रज्योती माध्यमिक विद्यालय बगरमा परिणत भएको छ । केही बिद्यालय भवन बगाएर लगेको छ भने ,बन्दै गरेका भवन भत्काएको छ ।वर्षाका कारण विद्यालय बगरबने पछि पठनपाठन प्रभावित भएको विद्यालयका प्रधानाध्यापक जज्वल्या राज न्यौपाने बताए । अबिरल वर्षा संगै आएको बाढीले पूर्णरुपमा क्षति पुगेको छ ।
प्रधानाध्यापक न्यौपानेले भने,लगातारको वर्षाले बिद्यालयको पश्चिम तिरको भवनमा स्टोर गरी राखीएका डेस्क , फर्निचर बन्दै गरेको भवन निमार्णका लागी ल्याएका औजार ,सरीया ,जस्तापाता , राष्टीय झण्डा राख्ने मञ्च , घेरबार र बिद्यालयको पक्की शौचालय गरी अन्दाजी एक करोड ६६ लाख ३५ हजार बराबरको क्षेती भएको छ । नेत्रज्योती माबि हाँकु एक नमुना बिद्यालय हो। त्यहा कक्षा एक देखी कक्षा १२ सम्म अध्यापन हुदै आएको थियो ।
त्यहा ६सय ५५ जना बिद्यार्थी अध्यायनरत्त छन। न्यौपानेले भने, ’विद्यालय नै बगरमा परिणत भइदियो । यस कारणले बिद्यार्थीको पठनपाठन प्रभावित हुने भयो । यस अघिदेशभरका शैक्षिक संस्था कोरोनाको कहरले थलिएका थिए । भखरै पठनपाठन सरु भएको यस बिद्यालय बगरले बगाएपछि पठनपाठन अस्त ब्यस्त बनेको छ । यस कक्षा १२ सम्म पढाइ हुने सो विद्यालयको ढुङ्गा र बालुवा भरीभराउछ । त्यहा अध्यायनरत्त बिद्यार्थीलाई बस्नका लागी ठाउनै देखीदैन् ।
एका तर्फ जुम्लाको चिसोमौसम सूरु हुदैछ । भने अर्को तर्फ बाढीले भत्काउन लागेका भवन र बालुवा भरीएको खुलाचौर पठनपाठन गराउ सक्ने अबस्था छैन । तातोपानी ४का स्थानिय बिष्णु परियारले भनिन,’बगर बनेको बिद्यालयको चौरमा पढाउन सकिने स्थिति छैन्। तत्काल भवनको बिद्यालयका पुर्नःनिर्माण गर्न नसके यहाका बालबालिकाको भबिश्य के हुन्छ होला । नमुना बिद्यालयको पहिचान बनाउन सफल नेत्रज्योतीमाबिको शैक्षिण क्षेत्रमा ह्रास यस पटकको बाढी पहिरोले ल्याइदिएको छ ।
विद्यालय स्वरुप बाढीले लथालिङ बनाइ दियो ।पठनपाठनमा निकै समस्या भएको प्रधानाध्यापक न्यौपानेले बताए।उनले विद्यालयको पुननिर्माणका लागि सरोकारवालासँग आग्रह गरेका छन ।

बिपदले विद्यालयको अबस्था नाजुक बनाएपछि अध्यायनरत्त बालबालिकालाई समस्या भएको विद्यालय व्यवस्थापन समितिले बताएको छ । शिक्षा जस्तो सम्वेदानशिल क्षेत्र भएकाले बालबालिकाको समस्यालाई सरोकारवालाले ध्यान दिनेछन् भन्नेमा बिद्यालय परिवारले निराशालाई आशामा बदलेको बताएको छ । तातोपानी गाउपालिका ४वडामा भएको क्षेतीको अनुगमन गर्न जुम्ला स्थित सरोकारवालेको टोली घटना स्थलमा पुगेको छ ।प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइ ,शशस्त्र प्रहरी , नेपाली प्रहरी, नेपाली सेना, राष्टीय मानवअधिकार आयोग ,जनप्रतिनिधी ,राजनतिदल र नेपालपत्रकार महासंघ लगायतको टोली स्थलगत्त अनुगमनमा पुगेको हो ।

सम्बन्धित समाचार