बिपदमा किसानको सारथी बन्दै शशस्त्र प्रहरी जुम्ला


जुम्ला ःजुम्लामा अविरल बर्षाका कारण मार्सीधानका फाँट बगरमा परिणत भए । पाकिसकेको मार्सीधानको २ हजार हेक्टर खेत सहित बाढीले बगाइ दियो । ९सय हेक्टरको मात्रै धान बाँकी छ । त्यो पनी बगरमा परिणत भएको छ ।
जुम्लाको पहिचान बोकेको मार्सी धान वर्षाका कारण सखब भएपछि जुम्ली किसान निराश बनेका छन । ९सय हेक्टर मात्रै रहेको मार्सी धान पानी बाट जोगाएर किसानको दुखमा मलमपट्टी लगाउनका लागी शशस्त्र प्रहरी ३३ नम्बर गण हेडक्वाटर त्रिपुरा जुम्लाका जवानहरु मार्सीधानको ज्युलोमा पुगेका छन ।

शशस्त्र प्रहरी ३३ नम्बर गण हेडक्वाटर त्रिपुरा जुम्लाका गणपति गगन श्रेष्ठले भन्छन,“ सबै भन्दा पहिला त नागरिक बचाउनु हो ।त्यसपछि सम्पतीपनी बचाउनु पर्छ,किसानको सम्पती मार्सी धान हो । बिपदमा हामी कसैको केही लागेन,“त्यही बाँकीरहेको धान जोगाउन शशस्त्र प्रहरी खेतमा पुगेको हो ।शशस्त्र प्रहरी भिड नियन्त्रण गर्ने,सीमा सुरक्षामा खटिने मात्रै नभएर आपतबिपतमा नागरिकको भरोसा बन्ने गरेको छ ।
गणपति श्रेष्ठले भने, शशस्त्रप्रहरी भिड नियन्त्रण गर्ने,सीमा सुरक्षामा खटिने हो । तर नागरीकलाई संकटपरेको वेला शशस्त्र प्रहरी सारथी बन्न सक्छ । उनले भने,“ शशस्त्र प्रहरी मात्रै नभइ रहेक सुरक्षा निकाय नागरिकको दुःख सुखको दौतरी पनी हो । यसअघि सशस्त्र प्रहरी बल प्रयोग गर्न बाहेक अन्य बेला क्याम्प बाहिर निस्कदैन भन्ने मान्यता नागरिकमा थियो । तर पछिल्लो समयमा सशस्त्र प्रहरीको पहिचान बदलेको छ ।

सशस्त्र प्रहरीले कोभिडको महामारीमा पनी जुम्लाबासीको भरोसा बनेको थियो । जुम्लाका स्थानीय शन्देश कठायत भन्छन,सशस्त्र प्रहरीले अहिले नागरिकमैत्री कार्य गर्न थालेको छ । उनले भने,‘सशस्त्र प्रहरी नागरीक बीचमै छ भन्ने सन्देश फैलाउन जरुरीपनी छ । जुम्लामा अबस्थित शशस्त्र प्रहरी कोरोना कहरमा क्वारेन्टिन व्यवस्थापन र सुरक्षामा खटियो । यतिवेला पनी नागरिकको सुखदुखमा साथ दिएर उर्जा थप्ने काम गरेको छ ।

शशस्त्र प्रहरी ३३ नम्बर गण हेडक्वाटर त्रिपुरा जुम्लाका गणपति श्रेष्ठले जुम्ली नागरिकसंग हरेक अपत,बिपतमा काम गर्ने अवसर मिलेको बताए । हामी पनी नागरिकको सुखदुखमा सहयोगी बन्नु पर्छ । उनले भने,‘कोरोना कहरबीच नागरिकको साथमा रहेर काम गर्न पाउँदा निकै खुसी लाग्यो । यस अघि शशस्त्रप्रहरी देख्दा झस्किने नागरिक अहिले कतै बाटोमा भेट्दा सुखदुख साट्न थाल्छन ।यही नै हाम्रो सन्तुष्टीको बिषय हो । अबका नागरिक पनी आफै सचेत बन्दैछन । नागरिक सहजै रुपमा गुनासा राख्न ससक्छन । सशस्त्र प्रहरी पनि आफ्नै भाइछोरा हो भन्ने भावनाको विकास जन्तामा भएको छ ।गणपति श्रेष्ठले भने यतिखेरको अविरल वर्षाले सबै भन्दा बढी क्षेति कृषीमा भएको छ । सबै संगठित भएरजुम्ला बासीको लागी राहतको प्याकेज ल्याउनु पर्ने आबश्यक देखीन्छ ।

सम्बन्धित समाचार