वर्षाका कारण जुम्लामा मार्सी धानको बिउ नै नष्ट हुने खतरामा


जुम्ला ःआईतबार देखीको भारी बर्षाले जुम्लाका मार्सीधानका फाँट बगरमा परिणत भए । काटीसकेका मार्सीधानका फाँट बगरमा मात्र परिणत भएनन् अधिकाँस खेत नै बाढीले बगाइ दिएको छ । कृर्षि बिकास कार्यालय जुम्लाका प्रमुख बालक राम देवकोटाले भने जुम्लामा २ हजार ९ सय हेक्टरमा धान खेती गरिएको थियो ।

यस वर्षको वर्षले २हजार सखाब पारिदिएको छ भने,बाँकी ९सय हेक्टर मात्रै बाँकी छ । उनका अनुसार कृषिको प्राविधिक टोलीले गरेको प्रारम्भिक सर्भे अनुसार तोपानी र तिलागाउपालिकाको मात्रै गरेर १८ हेक्टर (३६०रोपनी) धान बाली, नष्ट भएको छ ।
४ वटा स्याउ बगैंचामा पनि क्षेति पुगेको छ । प्रमुख देवकोटाका अनुसार जुम्लामा ९सय हेक्टरमा रहेको मार्सीधानको बिउ नष्ट हुने खतारा छ । काटेको धान पानीमा भिजेकाले बिउ नम्रने सम्भावना बढी छ । देवकोटाले भने, किसानलाई बिउको राहत दिनुपर्ने अबस्था आउने बताए । उनले भने वर्षाका कारण सबै भन्दा क्षेति कृषी क्षेत्रमा भएकाले किसानको लागी राहतका लागी पहल गर्न आबश्यक रहेको बताए । उनले भने सवै धान भिजेका छन् । धेरै मात्रामा रातिमार्सी धान हुने सिञ्जा क्षेत्रका धान सबै पानीको डुवानमा परेको बताए । देवकोटाले कृर्षीमा अनुमानित ६ करोड क्षेति भएको अनुमान छ।
जुम्लाको प्रारम्भिक क्षेति

आइतबार देखीको लगातारको बर्षा र बाढीले जिल्ला भरको प्रारम्भिक क्षेतिको बिषयमा प्रशासनले जानकारी गरिएको छ । प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले स्थानीय प्रशासन सहित सरोकारवाला निकायहरुबाट जिल्लाको बिपतले बनाएको क्षेतिको अवस्थाको बारेमा जानकारी लिन गरिएको आपतकालिन बैठकमा स्थानीय प्रशासन सहित सरोकारवाला निकायहरुलाई आकस्मिक रुपमा भएको क्षेति विवरण दिएका हुन ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी बिजय कुमारी प्रसाईले प्रस्तुत गर्नुभएको जिल्लाको क्षेति विवरणमा हिमा गाउँपालिका ६ निवासी अन्दाजी ३२,३३ बर्षका रत्ना शाही बेपत्ता,तिला र भेरी खोलाको बहावका कारण छेउछाउका १८ हेक्टर कालीमार्सी धानको क्षेति भएको बिवरण सार्वजानिक गरिएको छ । सिञ्जा क्षेत्रको धानको क्षेति भने आउन वाँकी रहेको छ । प्रजिअ पसाईका अनुसार तातोपानी र तिला गाउँपालिकामा गरी १ सय ५२ वटा भेडाबाख्रा बाढीले बगाएको छ ।

तातोपानी गाउँपालिकाको वडा नम्बर ४ अन्तरगतको नेत्र ज्योति माविको पक्की भवन, ८० थान डेक्स र पाँच सय मिटर घेरवार, तातोपानी ८ को १४० र १५० वाटको माईक्रो विधुत पावर हाउस सहित बगाएको छ ।
यसैगरी तातोपानी गाउँपालिका ७ र ८ काठेपुल, तातोपानी ४ का ६ वटा काठेपुल, तातोपानी ४ को रु ४० लाखको लिप्ट सिचाई कुलो, तातोपानी ५मा खानेपानी ट्यांकी, पाईप लाईन, तातोपानी ५ कै कालिका माविको खेल मैदान, १५० मिटर सडक, तातोपानी ३ मा २ तले घर भत्काएको, तिला ४ को राम प्रसाद चौलागाईको खुद्रा पशल लालबहादुर नेपालीको कच्चीघर गुठिचौर गाउँपालिकाको कुलो र एक विद्यालयको प्रांगण बगाएको र हिमा गाउँपालिका नाग्म गमगडि राजमार्ग अन्तरगत बड्कीमा २० मिटरा लामो पहिरोले अवरुद्ध भएको छ ।

त्यस्तै तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले तातोपानी गाउँपालिकामा ठूलो क्षेति भएको भन्दै प्रारम्भिक दिए । सबै भन्दा बढी प्रभावित तिला गाउँपालिका भएको जिल्ला बिपद समितिले बताएको छ । जिल्लाको प्रारम्भिक क्षेति बिबरण अनुसार जिल्ला प्रशासनमा प्रशासन,सुरक्षा निकाय प्रमुखहरु, जिल्ला कृषि, पशुसेवा, खानेपानी, विधुत, सडक र शिक्षा समन्वय कार्यालयले जिल्लाको प्रारम्भिक क्षेतिको अवस्थाको जानकारी गरिएको छ ।

त्यस्तै पशुअस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले तातोपानी र तिलामा १५२ भेडाबाख्रा बगेका जानकारी आएको बताए ।उनले बाढी पहिरो ,चट्याङका कारण जुम्लामा पशुचौपाएको बढी क्षेतिहुने गरेको छ । सरकारले पशुपालन क्षेत्रमा क्षेतिहुदा दिइने राहत रकम न्युउन रहेको बताए । उनले संघीय सरकारले पहल बढाउन अनुरोध गरे ।

त्यस्तै शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख मकर भण्डारीले तातोपानीको नेत्र ज्योति मा.वि बगरमा परिणत भएको बताए । खानेपानी, नेपाल विधुत प्राधिकरण ,डिभिजन सडक कार्यालय, लगायतका प्रमुख तथा प्रीतनिधिहरुलाई प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले संगठित भएर प्रभाबित नागरिकलाई सहयोगमा लाग्न अनुरोध गरे । उनले भने यो बिवरण अनुसार संघीय सरकारलाई राहात र विशेष प्याकेज कार्यक्रम र बजेटका लागि आफ्नो तर्फबाट पहल गर्ने बताए । संसद महतले आफुले बोलेर मात्रै नहुने भएकाले जिल्लाको बृस्तृत प्रतिवेदन

तयार पारेर अगाडि बढ्नु पर्ने यसका लागि स्थानीय प्रशासन, सुरक्षा, सरोकारवाला कार्यालय, संचार माध्यम संगठित भएर राज्यलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए ।त्यस्तै प्रदेश सांसद पदमबहादुर रोकायाले किसानको क्षेति ठूलो भएकाले प्रदेश सरकारले समेत विशेष सहयोग गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै प्रहरी नायव उपरीक्षक दानबहादुर थापा, शशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति गगन श्रेष्ठले समेत जिल्लाको बस्तुगत अवस्थाको जानकारी दिएका छन ।

 

सम्बन्धित समाचार