विपदबाट नागरिकलाई जोगाउनु पहिलो प्रथामिकता हो ः सांसद महत

जुम्ला ः आइतबार देखीको भारी बर्षाले जुम्लामा धनजनको ठुलो क्षेती भएको छ ।प्रतिनिधिसभा सांसद  गजेन्द्रबहादुर महतले मनसुनमा हुनसक्ने विपद्बाट नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तब्य भएको बताए । उनले जिल्ला प्रशासन जुम्लाले राखेको आपतकालिन बैठकमा यस्तो बताएका हुन। उनले जुम्लाका सरोकारवालाले क्षेतिको बिवरण ल्याउन स्थलगत निरीक्षण गर्न अनुरोध गरे ।

सांसद महतले वर्तमान अवस्थामा पहिलो प्राथमिकता विपद् बाट नागरिकलाई बचाउने रेहेको बताए । उनले जिल्लाका सबै निकायलाई जनताको सुरक्षाका लागि गम्भीर भएर लाग्न निर्देशन दिए ।संसद महतले नागरिकको जीवनरक्षाका लागि र विपद् जोखिम न्यूनीकरणको सवालमा संस्थागत सुदृढीकरण, राहतको व्यवस्थापन गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरे ।

उनले भने सबै भन्दा ठुलो क्षेति कृर्षी क्षेत्रको भएको बताए । उनले भने,“यो दुखत घटना भयो हामी सबै दुखित छौ । जुम्लाको क्षेतिको एकिन बिवरण सहित मातहतका निकायलाई राहतको लागी ध्यानकष्र्ण गर्ने बताए । उनले खानेपानी ,बिधुत् जस्ता बिषय अतिआबश्यकता भएकाले प्राथमिकता दिन अनुरोध गरे ।  सांसद महतले स्थानीयतह र यहाका बिषयगत्त कार्यालयले सक्ने खालका समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन।