वर्षाका कारण धान खेत बगरमा परिणत ःजुम्लामा भोकमारी पर्ने निश्चित

जुम्ला ःआइतबार देखीको भारी बर्षाले जुम्लाका मार्सीधानका फाँट बगरमा परिणत भए । काटीसकेका मार्सीधानका फाँट बगरमा मात्र परिणत भएनन् अधिकाँस खेत नै बाढीले बगाइ दिएको छ ।जुम्लाका किसानले दशैँलगत्तै मार्सी धान काट्न थालेका थिए ।लगातारको वर्षा र बाढीले धान खेती बाढीले बगाएपछि किसानको वर्षौ देखीको लगानी खेर गएको छ ।
कृर्षि बिकास कार्यालयका अनुसार जुम्लामा २ हजार ९ सय हेक्टरमा धान खेती हुने गरेको छ । यस वर्षको वर्षले सबै सखाब पारिदिएको छ । तिला गाउँपालिका ४साँपुल्ली, रावतवाडा, नुवाकोट गाउँ , तिखुनी ज्युला र तातोपानी गाउँपालिका वडा नं.४ हाँकु, गिडीखोला, ७ सुर्की, सर्मी र ८ बंतडी, टोप्ला र मुछाली बुढाबाडा गाउँमा सबैभन्दा ठूलो क्षति भएको छ ।
क्षतिग्रस्त स्थल तिला गाउँपालिकाको ४ मा जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति गगन श्रेष्ठ, प्रहरी नायब उपरीक्षक दानबहादुर थापासहित प्रहरी टोली पुगेर फर्केको छ ।
त्यस्तै तातोपानी गाउपालीकाको नियापानी भन्ने ठाउमा झण्डै सय भारी खेत र खेतमा रहेका धान बगाएर लिएको स्थानीय जग्ती सार्कीले बताए । उनले भने अब जुम्लामा भोकमारी पर्ने भयो । अविरल वर्षाका कारण जुम्लामा करोडौंको क्षति भएको छ । बाढीले यहाँ आठ स्थानीयतह मध्य सबै भन्दा बढी तिला र तातोपानी गाउँपालिका बढी प्रभावित भएको छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी प्रसाईले कृषिको प्राविधिक टोलीले गरेको प्रारम्भिक सर्भे अनुसार क्षति ग्रस्त स्थानमा १८ हेक्टर (३६०रोपनी) धान बाली, १२ वटा स्याउ बगैंचामा पनि क्षेति पुगेको बताइन ।उनका आनुसार धानबाली सहित विद्यालय,काठ चिर्ने, धान कुट्ने मिल, सडक, बिधुत् कुटमनी पिसमनकिा लागी बनाइएका पानी घट्ट,पूर्वाधार लगायतमा क्षति पुगेको छ ।
त्यस्तै भारी वर्षाका कारण आएको बाढीले हिमा गाउँपालिका ६ बाग बजारकी ३२ रत्ना शाहीलाई बेपत्ता वेपता छन ।उनको खेजीकार्य जारी छ प्रजिअ प्रसाईले भनिन्, ।बाढीले जिल्लाभरि के–कति क्षति भएको छ भन्ने पूर्ण विवरण ल्याउन क्षतिग्रस्त स्थलमा प्राविधिक टोली पठाईएको जिल्ला प्रशासन जुम्लाले बताएको छ ।प्रशासनले जिल्ला विपद् व्यवस्थापन समितिको बैठक यही ५ गते बसेर क्षेतिको एकिन बिवरण सार्वजनिक गर्ने भएको छ ।
त्यस्तै कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले तिला ४जुम्लामा बाढीले सबैभन्दा बढी १३ हेक्टर कालीमार्सी,पाँच हेक्टर उन्नत जातको धानमा क्षति पुगेको बताए ।दुई घर बगेको छ भने तीन घर जोखिम छन्,”प्रमुख देवकोटाले भने,“तीनवटा सामुदायिक विद्यालय र तीन साना जल विद्युत आयोजना,कूलो, पावर हाउसमा क्षति पुगेको छ ।तिला गाउँपालिका ४नुवाकोट गाउँका स्थानीय नयनबहादुर हमालले आफ्नो घरसहित चिरानी तथा कुटानी पिसानी मिल बगाएको बताए ।

नुवोकोट लघुजलविद्युत आयोजनाका ६०थान विद्युतको पोल, भर्याङ, तारको क्वायललगायत आवश्यक सामग्रीसमेत बाढीले बगाएर लगेको छ ।तातोपानी गाउँपालिका ४ हाँकुमा छ काठेपुल, एउटा विद्यालय र एउटा त्रिवेणी मन्दिर बगाएको स्थानीय लोकेन्द्र रावलले बताए ।जुम्लामा मात्रै पाइने काली मार्सी यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण प्रख्यात छ ।

सम्बन्धित समाचार