बाढीले बगाएर एक महिला बेपत्ता,

अविरल वर्षापछि हिमा नदीमा पनि बाढीको जलसतह बढेको छ । नदीको सतह बढेसँगै नदीले बगाए ल्याएको दाउरा संकलन गर्ने क्रममा हिमा गाउँपालिका – ६बागबजारकी ३३ वर्षीया रत्ना शाही बेपत्ता भएको प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए । उनले भने बेपत्ता महिलाको खोजतलास भईरहेको छ । खोज तलास गर्दा पनि भेटिएकी छैनन् ।
जुम्लामा बाढी र पहिरोले ठुलो क्षेति

आइतबार देखीको भारी बर्षाका कारण जुम्लामा ठुलो क्षेति भएको छ । लगातारको वर्षा र बाढीले सबै भन्दा बढी क्षेति धान खेतीमा भएको छ ।तातोपानी गाउपालीकाको नियापानी भन्ने ठाउमा झण्डै सय भारी खेत र खेतमा रहेका धान बगाएर लिएको स्थानीय जग्ती सार्कीले बताए । उनले भने ग्रिरीखोला जालपदेवी बत्तीको बाँध भत्काएको छ ।
दुइ दिनदेखी बत्ती अबरुद्ध भएको छ । वर्षा र बाढीका कारण सुमलसाँघु र लामाचौरको काठेपुल बगाउदा अवत जावतमा समेत कठिनाइ भएको छ । ग्रिरीखोलामा रहेको नेत्रज्योती बिद्यालय समेत डुबानमा परेको छ । जग्ती सार्कीका अनुसार भान्या सार्कीको घर पनि बाढी पसेर भत्किने अवस्थामा पुगेको छ । नदिको किनार भन्दा दुईसय मिटर भन्दा टाढा रहेको खेतबारी बगाएको छ ।

त्यस्तै टोप्लामा रेहेको बिधुत्को पावरह्राउस र पानीघट्ट बगाएको स्थानिय देवी शाहीले बताइन। उनका अनुसार तातोपानी सात बाह्गाउको पातरसाँघुमा आएको बाढीले १सय १७ भेडा मरेको बताइन । उनले भनिन ताम्ती ,टोप्ला, डोग्री लगायतको भेरी खोला क्षेत्रमा कतिक्षेती भयो भनेर एकिन जानकारी छैन ।

 

त्यस्तै भारी बर्षाले नाग्म गमगडि राजमार्गको बाटो बन्द भएको छ । रारालिही क्षेत्रका नदि छेउछाउका बासिन्दालाई सर्तकता अपनाउन प्रहरी प्रशासनले माईकिङ समेत गरिरहेको छ । बाढीले तिला गाउँपालिकाको सापुल्ली ,नुवाकोट र कुडारी बजारको तिखुनी ज्युलाका खेत बगाएको तिलागाउपालिका तिनका स्थानीय परिलाल कठायतले बताए ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाई नेतृत्वको टोली क्षेति भएको क्षेत्र तातोपानी र तिलातिर क्षेत्रतिर पुगेको थियो । प्रजिअ प्रसाईले भारी बर्षा र बाढी बढेकाले जोखिम क्षेत्रको अवस्था बुझ्न तिला नदिको छेउछाउ र सापुल्लीमा आफुहरु गएको बताइन । उनका अनुसार धान मात्रै नभई यो जोखिम अवस्थामा मानवीय क्षेतिबाट जोगिन सतर्कता अपनाउन नागरिकलाई अग्रह गरिएको छ । प्रहरीले तिलाको सेरी बजार क्षेत्रको नदि क्षेत्रका घरमा नवस्न माईकिङ गरेको छ ।

जिल्लाभरका दिन तथा खहरे खोलाहरुमा बाढीको बहाव बढेकाले सबै नागरिकसचेत हुन आबश्यक रहेको छ ।भारी बर्षाले मार्सीधानका फाट नदिले भरीभराउ भएका छन । काटेका धान खेतमै कुहिएका छन् । यतिवेला भएको वर्षाले सबै भन्दा बढी बालीनालीमा क्षेती पुगेको जुम्लामा बासीले बताएका छन। वर्षाका कारण कतिपय ठाउमा संञ्चार सेवा अबरुद्ध भएकाले क्षेतीको बिवरण एकिन हुन सकेको छैन ।

सम्बन्धित समाचार