जुम्ली किसानलाई मार्सी धान भित्र्याउन चटारो
जुम्ला ःजुम्लाका किसानलाई कालीमार्सी धान काट्न चटारो भएको छ ।जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी धान उत्पादन हुदै आएको छ । धान पाकी सके पछि किसानलाई यतिवेला धान काट्न भ्याइ नभ्याइ भएको किसान शन्देश कठायतले बताए ।उनले भने यहाँका किसानले लगाएकोे प्राय ःसबै खेतको धान एकैपटक पाक्छ ।कठायत भन्छन,“जुम्लामा घटस्थापनाका दिन मार्सीधानको नगी खाने चलन छ । त्यो दिन धानकाट्नको लागी उपयुक्त दिन समेत मानिन्छ शन्देसले भने । गत वर्षभन्दा यसवर्ष धान उत्पादनमा कमी आएको छ । धेरै पानी परेका कारण यस वर्ष धानबालिमा कमी आएको किसानको अनुमान छ ।
जुम्लाका किसानले दशै खायलगत्तै मार्सी धान काट्ने थालेका छन ।जुम्ला दुई हजार नौ सय हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाकाले बताए । उनका अनुसार एक हजार ४सय हेक्टरमा कालीमार्सी र खैरो मार्सी धान खेती हुने गरेको छ । बाँकी एक हजार ५सय हेक्टरमा उन्नत जातको धानखेती हुने गरेको छ ।जुम्लामा मात्रै पाइने कालीमार्सी यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण जुम्ली मार्सी धानको महत्व अन्तर्राष्ट्रिय जगतसम्म नै पुगेको छ ।राणा शासनको समयमा केन्द्रमा रहेका शासकका लागि यही मार्सी धानको चामल हुलाकबाट काठमाडौँ सम्म पुग्ने गरेको यहाँका जेष्ठ नागरिकहरुको भनाई छ । अहिले पनि मार्सी चामलको चर्चा चलेकै छ ।
त्यस्तै करिब सात सय वर्षअघि जुम्लीहरुका देवता चन्दननाथले भारतको कास्मिरबाट मार्सी धानको बीउ ल्याएर लाछुज्युलाको गुरुफोक्टोमा धान खेतीको सुरुवात गरेको विश्वास गरिन्छ । जुम्ली मार्सी विश्वको अग्लो स्थानमा फल्ने धानको रूपमा लिइन्छ । कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिलो हुन्छन् ।
त्यसैले जुम्ला लगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात निकै मिठो र स्वादिलो हुन्छ । यसको चामलको भात खाँदा धेरै बेरसम्म भोक लाग्दैन । स्वादिलो, आडिलो र स्वस्थकर हुन्छ । मार्सी धानको चामल खैरो रङ्गको हुने गरेको कृषि विकास कार्यालयका प्रमुख देवकोटाकाले बताए । उनले भने ,खैरो देखिने भएकाले कसैकसैले यसलाई रातो चामल पनि भन्छन् । उच्च रक्तचाप, मधुमेहलगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने भएकाले शहरमा यसको माग पनि बढी नै हुने गरेको छ । यो चामलको माग शहरबाट बर्सेनि बढेर आएको छ । जुम्लामा मार्सी भामलको मुल्य प्रतिकिलो एक सय ८० रुपैया सम्म पर्ने गरेको छ ।














