मुगु बस दुर्घटनाको परकम्प : सरकारको आलोचना

काठमाडौँ – कर्णालीका नागरिकले मुगु बस दुर्घटनाको कारक कर्णाली प्रदेश सरकार भएको भन्दै चर्को आलोचना गरेका छन् ।नेपालगञ्जबाट सोमबार छुटेको भे१ख ३१६७ नम्बरको यात्रुवाहक बस मङ्गलबार मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिका-७ स्थित पिनातपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भए ।

२४ जनाको घटनास्थलमै मृत्यु भएको दुर्घटनाका घाइतेलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा ८ जनाले बाटैमा ज्यान गुमाउनु परेको थियो । केहीलाई जहाज र हेलिकोप्टरमार्फत नेपालगञ्ज पुर्‍याउँदा पनि बचाउन मुश्किल भयो ।

प्रदेश सरकारले सडक निर्माण नगर्दा बस दुर्घटना भएर नागरिकले ज्यान गुमाउनु परेको नागरिक समाजको भनाइ छ । तर, राष्ट्रिय राजमार्ग निर्माण र मर्मत गर्ने दायित्व संघीय सरकारको हो । प्रदेश सरकारले समन्वय, सहजीकरण र पहल गर्ने भएपनि कर्णाली प्रदेश सरकार त्यसमा चुकेको धेरैको टिप्पणी छ । कर्णाली खवरबाट सभार 

सम्बन्धित समाचार