यसवर्ष दसैँका लागी जुम्लामा भित्रिएका एउटै भेडाको मूल्य ४५ हजार सम्म

जुम्लाः पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख गोबिन्द महत भन्छन – एक वर्ष दसैँका लागी जुम्लामा भित्रिएका भेडा –साँढको मुल्य न्युनतम १६ हजार देखी अधिकतम ४५ हजार थियो । यस वर्ष जुम्ला ल्याइएका भेडा बाजुरा ,जाजरकोट लगायतका विभिन्न जिल्लाका थिए । दसैँको माहोल सुरु भइसक्दा जुम्लामा खलंगामा भेडा तथा साँढ आपूर्ति गर्न सरकारी निकाय कुनै जुटेका थिएनन् ।
जुम्लाका भेडा व्यवपारी प्रेम कार्कीका अनुसार यस वर्ष जुम्लामा ल्याइएका भेडा बाजुराका हुन । उनले भने यस पटक जुम्लामा भेडा नपाएपछि बाजुरामा पुगेका हौ। । जुम्लामा मासुको माग बढ्दै जानु तर उत्पादन नहुनुले भेडाको मुल्य आकाशिएको हो। अहिले जुम्लामा एक किलो मासुको एक हजार रुपैया पर्न थालेको छ ।

कर्णाली प्रदेश सरकारले पनी जुम्लालाई मासु र दुधमा आत्मा निर्भर बनाउनका लागी बिभिन्न अनुदानका कार्यक्रम दिदै आएको छ । तर सरकारी रकम सक्नका लागी अरुकै भेडा देखाएर अनुदान खाने प्रबिधिका कारण पशुबस्तु क्षेत्रको उत्पादन भने अनुसार बृद्धी नभएको नागरिक समाजका अगुवा राज बहादुर महत बताउछन । उनले भने अनुदान दिइन्छ त्यस पछि अनुगमन हुदैन । सरकारले दिने अनुदानका कार्यक्रममा कठानिगरानी हुन आबश्यक छ ।

 

त्यस्तै पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख गोबिन्द महतका अनुसार जुम्लामा आबश्यकता भनदा बढी भेडा भित्रिएका थिए । ‘विगतका दसैँमा भेडा पाउन नागरिकलाई हाम्मे हाम्मे हुने गरेको हुिन्थयो । तर यस वर्ष धेरै भेडा भित्रिए । उनले भने ,“मुल्यले भने ३०–४० प्रतिशतका दर बढेको हो । अहिले जुम्लामा जिउँदो खसीको मूल्य प्रतिकेजी एक हजाजर रुपैयाँ छ । उनले भने, ‘त्यहि भएर पनी मूल्य नियन्त्रण भन्दा बाहिर छ । भेडा तथा खसीको मूल्य निधारण गर्ने अधिकार स्थानियतह संग छ । स्थानियतह मौन हुदा मूल्य निर्धारण भएको छैन ।

संघियता आउनु भन्दा अगाडी जुम्लामा पशुसेवा कार्यालयले भित्रिएका भेडा तथा खसी बोकाको स्वास्थ्य परीक्षण गरिने गरिएको थियो । रोगी रहेको पाएपछि सिङमा रातो रङ लगाएर नबेच्न सुझाव दिइन्थियो । अहिले स्वास्थ्य परीक्षण गरिएको भेटीदैन । सम्बन्धीत निकायले स्वास्थ्य परीक्षणको लागी कुनै चासो नदिदा उपभोत्ताले राम्रोसंग हेरेर मात्र खरिद गर्न आबश्यक छ ।

त्यस्तै व्यवसायीलाई ढुवानी मापदण्ड पालना गरेर खसी–बोका ओसारपसार गर्न, मूल्य अनियन्त्रित नगर्नसमेत निर्देशन दिने निकायनै वेखवर भएपछि यस वर्ष भेडाको मुल्य बढेको स्थानिय भैर बहादुर कठायतले बताए । उनले भने जुम्लामा भित्रिएका यस वर्षका भेडा सामान्य नागरिकले किन्न सक्ने अबस्था भएन । कोरोनाका कारण गत वर्ष देखी रोजगारी गुमाएका नागरिकलाई यस वर्षको मंगिले झन दुखीत बनाएको छ । यस अघिका वर्षमा पाइने २० हजारमा खरिद गरीका भेडा यस वर्ष ४५ हजार तिर्नुपरेको उनको भनाइ छ ।

जुम्लामा फूलपातीको दिनमा धेरैमात्रमा भेडा बिक्री हुने गर्छ । जुम्लामा भित्रिएका भेडाको मंहगीर स्वास्थ्य परिक्षण नभएको बिषयमा बुझ्न खोज्दा चन्दननाथ नगरपालिकामा रहेको पशुशाखाले फोन समेत उठाएको छैन । नगरपालिकाको पुश शाखाले नै कुनै ध्यानदिदा यस वर्ष जुम्लामा भित्रिएका भेडा एकिन तथ्याङक छैन ।

सम्बन्धित समाचार