सल्यानमा बाबुले खुर्पा प्रहार गर्दा छोराको मृत्यु

सल्यान :  बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडामा आफनै बाबुले छोराको हत्या गरेका छन् । ५६ वर्षका बाबु निमवहादुर कुवँरले ३३ वर्षका छोरा रुपलाल कुवँरलाई धाँरिलो हतियार (खुर्पा) गर्धनमा प्रहार गरेर हत्या  गरेको सल्यान प्रहरीले जनाएको छ । खुर्पा प्रहार गर्दा छोराको मुन्टो छुटिएको छ ।

छोराको हत्या गर्ने बाबुलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । सामान्य गाली गलौज हुदै गर्दा बाबुले छोराको गर्धनमा  खुर्पा प्रहार गरेको जिल्ला प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिए । यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

सम्बन्धित समाचार