मृतकको संख्या २८ पुग्यो

नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख १६७ नम्बरको बस छाँयानाथ रारा गाउँपालिका–७ पिनागाउँमा आज  दिउँसो २ बजेतिर दुर्घटना हुँदा दर्जनौंको मृत्यु भएको छ ।

अहिले सम्म  दुर्घटनामा परेर मृत्यु हुनेको संख्या २८ पुगेको मुगुका प्रजिअ रोमबहादुर महतले जानकारी दिए । यस्तै २५ देखि ३० जना घाइते भएको प्रहरीले जनाएको छ ।  थप विवरण आउँदैछ ।