घाइते १५ जनालाई उपचार गर्न नेपालगञ्ज लगियो

मुगुको पिनागाउँमा भएको बस दुर्घटनाका घाइतेलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । दुर्घटनामा २८ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । भे १ ख १६७ नम्बरको बस छायानाथ रारा नगरपालिका ७ पिनागाउँको पेतनखोलामा दुर्घटना हुँदा घाइते भएकाहरुलाई नेपालगञ्ज लगिएको हो ।

धेरै घाइते गम्भीर अवस्थाका छन् । उनीहरुको कोहलपुर मेडिकल कलेज, भेरी अस्पतालमा उपचार सुरु भएको छ । एक जना घाइतेको भने मुगु अस्पतालमै उपचार भइरहेको छ । उनीहरुलाई समिट र सेनाको हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको हो ।

बस दुर्घटनामा २२ जनाको घटनास्थलमै र अरु ७ जनाको बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार