कर्णालीमा बृहत छलफल सम्पन्न

वीरेन्द्रनगर : कर्णालीको विकास, विविधता र पर्यटन विषयक छलफल सम्पन्न भएको छ । दोभान मल्टिमिडिया प्रालिद्धारा सञ्चालित कर्णालीखबरको डटकमको आयोजनामा उक्त छलफल सम्पन्न भएको हो । मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सिद्धार्थ होटलमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पर्यटन मन्त्री नन्दसिंह बुढा, उपसभामुख पुष्पा घर्ती, बाल रोग विशेषज्ञ डा.नवराज केसी, नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, नाटा सुर्खेतका अध्यक्ष निर्मल केसी, माओवादी केन्द्रका नेता इश्वरभक्त सुनार, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह लगायतको उपस्थितीमा छलफल भएको हो  ।

छलफलमा विभिन्न प्रश्न उठेका थिए । शिक्षाका विषयमा एमयू उपकुलपति सिंहले समस्या र समाधानका उपायसहितको धारणा राखेका थिए ।  भने, स्वास्थ्यका क्षेत्रमा बाल रोग विशेषज्ञ डा. केसी,  पर्यटनका विषयमा नाटा सुर्खेत अध्यक्ष केसी, बाँके अध्यक्ष सिग्देल आफ्नो धारणा राखेका थिए ।

छलफलमा उठेका प्रश्नसहितका गुनासोलाई मुख्यमन्त्री शाही, पर्यटन मन्त्री बुढा, उपसभामुख घर्ती लगायतको टोलीले सम्बोधन गरेको थियो ।

‘कर्णालीले विकटको परिचयबाट समृद्धतर्फको परिचय बाँड्ने बेला भइसकेको छ’, मुख्यमन्त्री शाहीले भने, ‘ विकासका लागि सरकार प्रतिवद्ध रहेको छ । सरकारले विभिन्न क्षेत्र, पर्यटन, स्वास्थ्य, शिक्षाका क्षेत्रमा कार्यक्रम लागु गरिरहेको छ ।  अन्य थप कार्यक्रम तयार भइरहेका छन्  ।’

 

सम्बन्धित समाचार