कांग्रेस महाधिवेशन : जुम्लामा कुन समूहको वर्चश्व ?

खलंगा : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत पालिका हुँदै क्षेत्रीय अधिवेशन भइरहेको छ । यसै क्रममा जुम्लामा पनि पालिका हुँदै क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । जसमा, कांग्रेस पौडेल समूहले वर्चश्व जमाएको छ ।

जुम्लाका दुबै क्षेत्रमा पौडेल समूहबाट विजयी भएका हुन्  ।  क्षेत्र नम्बर ‘क’मा लछिमन बोहोरा र ‘ख’मा कालीवहादुर बुढा सभपातिमा विजयी भएका हुन्  ।

‘क’का सभापति बोहोराले देउवा पक्षका उम्मेद्वार नारायण शाहीलाई पराजित गरेका हुन्   । भने, ‘ख’का सभापति बुढाले देउवा पक्षका उम्मेद्धार भीमनिधि हमाललाई पराजित गरेका हुन्  ।

प्रदेश सभा ‘क’मा ५ सय ७ जनाको मत मध्ये सभापतिका पक्षमा ४ सय ९८ मत खसेको थियो ।  भने, ‘ख’मा ४ सय ९० मत खसेको थियो । निर्वाचित सभापति बुढाले  हमाललाई ४१ मतले पराजित गरेका हुन्  ।

भने, ‘ख’को उपसभापतिमा दानसिंह खत्री र कालीवहादुर बुढा, सचिवमा जंग रोकाया र अमर खत्री, सहसचिव दानवहादुर रावत र नरवहादुर शाही विजयी भएका छन्  ।

यस्तै ‘क’मा पक्षका उपभासतिमा तिलक प्रसाद न्यौपाने र रुपवहादुर रोकाया, सचिवमा तिर्थराज न्यौपाने र अर्जुन महतारा, सहसचिवमा छाया बोहोरा र वृद्धि तामाङ्ग विजयी भएको कांग्रेस जुम्ला कार्यालयले जानकारी दिएको छ ।

देउवा समूहका उपसभापति उम्मेद्धार दिलवहादुर बुढा र रत्नचन्द्र उपाध्याय पराजित भएका हुन्  ।  सचिव पदका उम्मेद्धार जनकराज खत्री र राज गिरी पराजित भएका छन्  ।

कांग्रेस नेता नेता लक्ष्मण शाहीका अनुसार, सहसचिवमा धनवहादुर बुढा र नन्दवहादुर बोहोरा पराजित भएका हुन । यस अघि भएको स्थानीय तहमा पौडेल समूहको वर्चश्व कायमै रहेको  छ ।

जुम्लामा एक नगरपालिका र ७ पालिकामध्ये दुई स्थानीय तहमा मात्र देउवा पक्षले सभापति पाएको छ ।  अन्य सबै पालिकामा पौडेल समूहकै वर्चश्व कायम छ ।

चन्दननाथ नगरपालिकाको सभापतिमा रवि थापा, कनकासुन्दरीमा लालु बुढा, सिंजा गाउँपालिकामा गोविन्द शर्मा, हिमामा नरबहादुर शाही, तातोपानीमा धनकृष्ण चौलागाईं, तिलामा भक्तबहादुर रोकाया, पातारासीमा गोरखबहादुर बोहरा र गुठीचौरमा टेकबहादुर भण्डारी चयन भएका हुन् ।

उनीहरूमध्ये सिंजाका शर्मा र गुठीचौरका भण्डारी देउवा पक्षका हुन्  ।  यस्तै जिल्ला सभापतिमा संस्थापन पक्षबाट कर्णबहादुर शाही र पौडेल पक्षबाट वर्तमान पार्टी सभापति दीपबहादुर शाहीबीच पतिष्पर्धा हुने भएको छ ।

यो अधिवेशनबाट प्रदेशमा १२ पदाधिकारी जाने भएको छन् । भने, जिल्ला कार्यसमितिको ५१ सदस्यीय हुने कांग्रेसका एक नेताले बताए ।  असोज १८ गते हुने जिल्ला अधिवेशनमा ९ सय ६५ जनाले मत गर्न पाउने भएको कांग्रेस जुम्लाले जनाएको छ ।

सम्बन्धित समाचार