गुठिचौरमा भालुको आक्रमणबाट एकजना मृत्यु

खलंगा : जुम्लाको गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आइतबार मणिसाँघुको काठेपुल नजिकै गुठिचौर–३ दामडासे अन्दाजी ६० वर्षका निमा तामाङको आक्रमणबाट मृत्यु भएको हो ।

आक्रमणमा परेर घाइते भएका लामाको मृत्यु भएको इलका प्रहरी कार्यालय गुठिचौरका इन्चार्ज कमल श्रेष्ठले जानकारी दिए । जिल्लाको सबै सुरक्षाकर्मी, अन्य निकायको टोली आएर भालु नियन्त्रण आउन नसकेपछि गोली हानेर मानिएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार