जुम्लाको क्षेत्र (क) र (ख) मा नेपाली काँग्रेस पौडेल पक्षको प्यानल विजयी

जुम्ला ःनेपाली काँग्रेसको प्रदेशसभा (क) र (ख) को प्रदेश कार्यसमितिमा रामचन्द्र पौडेल पक्षको प्यानल विजयी भएको छ । प्रदेश सभा (क) मा लछिमन बोहोरा र प्रदेश सभा (ख) मा कालीवहादुर बुढा सभपातिमा विजयी हुनु भएको हो । बोहोराले संस्थापन देउवा पक्षका सभापतिका उम्मेदवार नारायण शाहीलाई पराजित गर्दै विजयी भएका हुन ।
प्रदेश (ख) मा कालीवहादुर बुढाले देउवा पक्षका भीमनिधि हमाललाई पराजित भएका छन । सपभातिका प्रतिद्धन्दि संस्थापन पक्षका हमाललाई बुढाले ४१ मतले पराजित गरेका हुन । प्रदेश सभा (ख) को उपसभापतिमा दानसिंह खत्री र कालीवहादुर बुढा, सचिवमा जंग रोकाया र अमर खत्री, सहसचिव दानवहादुर रावत र नरवहादुर शाही विजयी भएका छन ।
प्रदेश (ख) मा ४ सय ९० मत खसेको थियो । प्रदेश सभा (क) मा पौडेल पक्षका उपभासतिमा तिलक प्रसाद न्यौपाने र रुपवहादुर रोकाया विजयी भएको छ । सचिवमा तिर्थराज न्यौपाने र अर्जुन महतारा विजयी भएका छन । सहसचिवमा छाया बोहोरा र बुद्धि तामाङ्ग विजयी भएको नेपाली काँग्रेस जुम्लाले बताएको छ ।
संस्थापन देउवा पक्षका उपभासपतिका उम्मेदवार दिलवहादुर बुढा र रत्नचन्द्र उपाध्याय पराजित हुनु भएको छ । सचिव पदका उम्मेदवार जनकराज खत्री र राज गिरी पराजित भएका छन । यसैगरी, नेपाली काँग्रेस जुम्लाका नेता लक्ष्माण शाहीका अनुसार सहसचिवमा धनवहादुर बुढा र नन्दवहादुर बोहोरा पराजित भएका हुन । उनले भने ,प्रदेशसभा (क) को ५ सय ७ जना मतदाता मध्ये ४ सय ९८ मत खसेको थियो ।
यस अघि भएको स्थानीय तहमा पौडेल समूहको वर्चस्व कायमै रहेको थियो । जुम्लाको एक नगरपालिका र ७ पालिकामध्ये दुई स्थानीय तहमा मात्र संस्थापन पार्टी सभापति शेरबहादुर देउवा समूहले सभापति जितेको छ । अरू सबै स्थानीय तहमा पौडेल समूहका सभापतिका उम्मेदवारले बाजी मारेका हुन् । सभापतिमा चन्दननाथ नगरपालिकामा रवि थापा, कनकासुन्दरीमा लालु बुढा, सिंजा गाउँपालिकामा गोविन्द शर्मा, हिमामा नरबहादुर शाही, तातोपानीमा धनकृष्ण चौलागाईं, तिलामा भक्तबहादुर रोकाया, पातारासीमा गोरखबहादुर बोहरा र गुठीचौरमा टेकबहादुर भण्डारी चयन भएका हुन् । उनीहरूमध्ये सिंजाका शर्मा र गुठीचौरका भण्डारी देउवा खेमाबाट चुनिएका हुन् । अरू सबै वरिष्ठ नेता पौडेल समूहबाट निर्वाचित भएको जुम्ला कांग्रेसले बताएको छ ।

त्यसतै जिल्ला सभापतिहरुमा संस्थापन पक्षबाट कर्णबहादुर शाही र पौडेल पक्षबाट वर्तमान पार्टी सभापति दीपबहादुर शाहीको बिच प्रतिस्पर्धा हुने निश्चित भएको छ । यो अधिवेशनबाट प्रदेशमा १२ पदाधिकारी जाने भएको छन भने , जिल्ला कार्यसमितिको ५१ सदस्यीय हुने छन । असोज १८ गते हुने जिल्ला अधिवेशनमा ९ सय ६५ जना मतदाताले भाग लिने काँग्रेस जुम्लाले बताएको छ ।

सम्बन्धित समाचार