रैथाने खेतीको महत्व बुझ्दै जुम्ली किसान

जुम्ला ःजुम्लाका किसानले रैथाने बालिको महत्व बुझ्न थालेका छन । यस अघि जुम्लाको अगार्निक मार्सि चामल वेचेर खाद्य खादै गरेका जुम्ली किसानले पछिल्लो समयमा जुम्लामै उत्पादित हुने स्थानीय बालीको महत्व बुझ्न थालेका हुन ।उत्पारिवर्तशिल बाली प्रजनन (इपिबी) परियो जनाले जुम्लाका किसानका लागी रैथाने खेती तर्फ अग्रसर गर्दै आएको छ ।जुम्लामा उत्पादित अर्गानिक बाली उत्पादन र संरक्षणमा लाग्नका लागी किसानलाई आकर्षण गर्दै आएको तातोपानी गाउपालिकाका किसानले बताएका छन ।रैथाने बालीको माग बढ्दै गएपछि जुम्लाका किसान संरक्षणमा जुटेका हुन ।

जुम्लामा पाइने कालीमार्सी धान,चिनो कागुनो,कोदो र सिमी लगायतका रैथाने बालीको सरक्षणमा किसान आर्कर्षित भएको किसान राजकन्या उपाध्यायले बताइन । उनले भनिन ,बढ्दो बजार माग र महत्व बुझेपछि हामी रैथानेबालीको प्रर्बद्धनमा जुटेका हौ ।
उनका अनुसार जुम्लामा कार्यरत्त गैरसरकारी संस्था लीवर्डले जुम्लाको रैथाने बाली संरक्षणका लागि किसानलाई प्राविधिक तथा सैद्धान्तिक विषयमा सिकाउदै आएको छ । यसले गर्दा जुम्ली किसान रैथाने बालीको खेतीमा आर्कषित भएको किसान हुन ।
अर्गानिक खेती प्रणालीको,उत्पादन बृद्धि संकलन भण्डार,बाली दर्ता तथा बजारीकरण लगायतका विषयमा रैथाने बाली संरक्षण गर्ने लीवर्ड संस्थाले जिल्लाका किसान र लमजुङ्गका किसान बीच अन्तरक्रिया समेत गरेको थियो। “उत्पादन बृद्धि गर्न कृषिमा आधुनिकरण बहुरुपी जातको खेतीमा जोडदिन आबश्यक छ । रैथाने बालीको माग बढेको छ । तर हामी रैथाने बाली उत्पादन, प्रर्बद्धन तथा खेती विस्तारमा जुटेका छौ ।
”मार्सीधान, सिमि मात्र नभई हाम्रा हरेक रैथाने बाली संरक्षण गर्न जरुरी छ । उत्पादनबृद्धि तथा खेती विस्तारको लागी अनुसन्धानलाई जोड दिनुपर्छ । उत्पादन,संकलन,लेबलिङ,प्याकेजिङ तथा बजारीकरणमा स्थानीय तहले सहजीकरण गर्नुपर्ने स्थानीयवासिले बताएका छन ।
त्यस्तै लीवर्डले तातोपानी गाउँपालिका स्थित एैरेनीको एक मार्सी फाँटमा विगतका वर्षदेखि अनुसन्धान गर्दै आएको पाइएको छ ।जिल्लामा संचालित धान तथा सिमीका बहुरुपिय जातहरुको अनुगमन गर्न जुम्ला पुगेका लीवर्डका बाली प्रजनक श्रीप्रसाद न्यौपानले मार्सीधानको उत्पादन बृद्धिका लागि बहुरुपीय जातको खेतीमा जोड दिदै आएको बताए ।

लिवर्डले जुम्लामै उत्पादन हुने विभिन्न जात मिसाई बहुरुपी धानको जातको खेती गर्ने गरेको छ । बाली समहु उपसमुह बनाउने । बजारीकरण सहजका लागि बाली दर्ता प्रक्रिया शुरु गर्ने जस्ता कार्यमा लीवर्ड प्राविधिक सहयोग गर्ने छ ।समान प्रकृति भएका एकैबाली भित्रका जातहरु एक आपसमा मिसाएर खेतीगर्दा बढी जलबायु अनुकुलनशील तथा दिगो उत्पादन दिनसक्ने खालका हुन्छन् लीवर्डका बाली प्रजनक न्यौपानले बताए । उनले भने ,“जुम्लाको हावापानीमा बहुरुपीय जातको खेती उपयुक्त हुने । लमजुङ्ग जिल्लामा पनि लीवर्डले धान र कागुनो बालीमा काम गर्दे आएको छ । ”
त्यस्तै किसान भक्त बहादुर गिरीले लीवडकै सहयोगले लमजुङ्गमा लोप हुन थालेको कागुनो खेती विस्तार भएको छ । बजारमा माग बढेको, विभिन्न परिकार बनाएर पर्यटकलाई खुवाउने गरेको, अनुभव रहेको छ । लिवर्डले गतवर्ष मात्रै २० मुरी कागुनो उत्पादन भएको किसान गिरीले बताए । तर लीवर्डले तातोपानीको एैरेनीको मार्सी फाँटमा मार्सीको अनुसन्धान गर्नथालेपछि उत्पादन बढ्ने थालेको छ ।उत्पादन बृद्धिका लागि आगामी वर्ष हामी बहुरुपी धान खेती गर्ने सोचमा रहेको जुम्ली किसान बताउँछन ।यो संस्थाको परियोना अन्तरर्गत साझेदारी निकाय लीवर्ड,नेपाल कृषि अनुसन्धान परिषद् जीन वैंक,खुमलटार र वायोभर्सिटि ईन्टरनेशनलको संयुक्त साझेदारीमा संचालन परियोजना भएको लीवर्डले जनाएको छ ।

 

 

सम्बन्धित समाचार