गरीब निमुखाले चुनाव लड्न सक्ने अवस्था रहेन, पूर्ण समानुपातिकमा जाऊँः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निवाचन लड्न नसक्ने गरी खर्चालु भएको बताएका छन् । निर्वाचन नै खर्चिलो भएकाले पूर्ण समानुपातिकमा जानु पर्ने अवस्था आएको बताए । अनेरास्ववीयु क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गदै उक्त कुरा बताएका हुन ।

प्रचण्डले माओवादीलाई घेरा हाल्ने र सिद्धयाउने रणनीतिअनुसार नै प्रतिनिधिसभा विघटन गरिएको बताए । उनले भने ‘माओवादी रहँदासम्म परिवर्तनका एजेण्डा कायमै रहने डरका कारण प्रतिनिधिसभा विघटन गरिएको हो । तर आफूहरुले त्यसलाई परास्त गरेको ।’

सडक आन्दोलनका कारण प्रतिगमन परास्त भएको बताए। सडक आन्दोलनले संविधान विरोधी गतिविधि परास्त भएको हो प्रचण्डले भने,‘आन्दोलनका कारण संविधान र परिवर्तन विरोधिको हार भएको छ । हाम्रो आन्दोलनका सफल भएको छ । प्रतिगमन परास्त भएको छ ।’

विगतमा सङ्घर्षका लागि अग्रमोर्चामा जाने प्रतिस्पर्धा हुने गरे पनि अहिले मन्त्री लागि रुवाबासी गर्ने प्रतिस्पर्धा चलेको गुनासो प्रचण्डले गरे।

निर्वाचन प्रणालीका कारण जनताका प्रतिनिधिले कहिल्यै निर्वाचन जित्न नसक्ने अवस्था आएको बताए। अब पूर्ण समानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको बताए । जनता सबै समानुपातिक प्रणालीको पक्षमा आउने र यसका पक्षमा लाग्नेबित्तिकै गलत प्रणाली उल्ट्याउन सकिने दाबी गरे ।

 

सम्बन्धित समाचार