अहिले नै उत्तराधिकारी तोक्ने गल्ती गर्दिनँः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेअहिले नै उत्तराधिकारी तोक्ने गल्ती गर्ने बताएका छन् । बिहीबार काठमाडौंमा अनेरास्ववियु (क्रान्तिकारी)को २२औं राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गदै उत्तराधिकारी पहिला नै घोषणा नगर्ने बताए ।

उनले भने ‘माओले जस्तो पहिल्यै उत्तराधिकारी घोषणा गर्ने गल्ती गदैन । लिनप्याओलाई उत्तराधिकारी भनेको त त्यहीले माओलाई गोली हानेर मार्ने योजना बनाए छ ।’

उनले पार्टीमा अहिलेपनि गुट भएको तर्फ संकेत गरेका छन् । गुटको अन्त्य विद्यार्थी संगठनबाट गर्नु पर्ने प्रचण्डले बताए । उनले विद्यार्थीबाट बाहिरीएका नेताहरुलाई केन्द्रीय सदस्य बनाउने आश्वसन पनि दिए । उनले भने ‘उहाँहरुसंगको पटक पटकको छलफलपछि खुशि लाग्यो । उहाँहरु अब केन्द्रीय सदस्यमा आउनु हुन्छ ।’

सम्बन्धित समाचार