सिलाइ कटाईबाटै मसिक ६०हजार आम्दानी गर्दै ःअमर परियार

जुम्ला ः गुठीचौर गाँउपालिका ५ का अमर परियारको सिलाइकटाई गर्नका लागी उनको आफ्नै मेसिन छ । उनी अहिले आफैं कपडा सिलाउ छन । परियाले सिलाईकटाइबाटै मसिक ६० हजार आम्दानी गर्दै आएका छन । उनले भने यसअघि बेला–बेला कपडा सिलाउन बजार गइराख्नुपर्थ्यो । अहिले गुठीचौरका नागरिकलाई सिलाई कटाइ गर्नका लागी बजार जार्दैनन् । अमर परियार अहिले गाउँमै झारज्वालामा सिलाई–कटाई केन्द्र खोलेका छन्।
आफ्नै कपडा पसल राखेर सिलाई कटाइ गरेको पछि घर परिवारको खर्च धान्न सहज भएको बताए । विद्यालय नजिकै भएकोले विद्यालय पोसाकदेखि लिएर शिक्षकका पोसाकसम्म सिलाउने काम गर्छु । उनले भने , यस अघि रोगारीका लागी कलापाहाड जान्थे ।सिलाई–कटाईले उ कलापहाड गएर दुख गर्ने दिन हटेको छ । उनले भने ,फाल्गुन देखी वैशाख–जेठ महिना सेवाग्राहीको सबैभन्दा बढी चाप गर्दछ । उनले भने महिले कुनै तालिम गरेको छैन । भिनाजु नातापर्ने गोबिन्द्र परियार दियको सिपले आफू यहाँ सम्म पुगेको छु ।
आयआर्जन न्युन भएकाले सानैदेखि पढाई छुडेर सिलाउने पेशामा लागेको ह हु । अमर परियारले कोट, सट, पाइन्ट कुर्तासुरुवाल लगायतका सबै सिउने सीप छ । उनले यहि सिलाई कटाइबाट ४जनालाई पसलमा रोजगारी दिएका छन । उनीहरुलाई १० देखि १३ हजार सम्म तलब दिने गरेको बताए । गाउमै सिलाई कटाइ र कपडा पसल भएकाले (कोभिड–१९) का कारण बजार पूर्णरूपमा बन्द भएपछि आफनो पसल राम्रोसंग चलेको बताए ।