जुम्लामा चट्याङ लागेर ४० भेडा मरे

साढे ६ लाखको क्षति

जुम्लाःसोमबार राति १० बजेतिर परेको चट्याङले ४०  भेडा परेका छन्  । जुम्लाको गुठीचौर गाउँपालिकाको–४  डाबा लेख पाटनमा  चट्याङ लागेर ४०  भेडा  मरेका हुन  । चट्याङका कारण  १५  भेडा  घाइते भएका छ्न ।

इलाका प्रहरी कार्यालय गुठीचौर अनुसार , ४ जना गोठालाका २ सय भेडा थिए  । चट्याङ लागेर नानो भण्डारीका १० भेडा मरेका छन्  । भने, २ घाइते भएका छन्  । यस्तै मुनबहादुर भण्डारीका ४ मरेका छन्, २ घाइते भएका छन्  । यस्तै अर्का स्थानीय मुणि प्रसाद अधिकारीका १७ मरेका छन्  । भने, ७ भेडा घाइते भएका छन्  । देवी प्रसाद अधिकारीका ९ वटा भेडा मरेका छन् । भने, ४ घाइते भएको इलाका प्रहरी कार्यालय गुठीचौरका इन्चार्ज कमल श्रेष्ठले बताए  । श्रेष्ठले भने, ‘जम्मा चट्याङ लागेर ४०  भेडा  मरेका छन्  ।  १५ वटा घाइते भएका छन्  ।’  प्रहरी मुुचुल्का अनुसार साढे ६ लाख  बराबरको क्षति भएको छ ।

चट्याङ लागेर भेडा मर्दा गोठालाहरु चिन्तितमा परेका छन्  ।  मुणि प्रसाद अधिकारीकाले भने, ‘हाम्रो  दैनिकी चलाउने आयस्रोत भनेकै भेडा थिए । त्यही पनि चट्याङमा परे ।  भेडा राखेको ठाउँमा राति परेको चट्याङले भेडा पालक किसानमाथि वज्रपात परेको गुठीचौर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्मराज गिरिले बताए ।  उनले भने, ‘विपद् कतिबेला आउँछ भन्ने कसैलाई थाहा हुँदैन, हामीले चाहेर रोक्न पनि सक्दैनौं । गुठीचौरका अधिकांश नागरिकको आम्दानीको स्रोत भेडापालन हो । भेडा पालकलाई राहतका लागि गाउँपालिकाले छलफल गरिरहेको छ । ’

चट्याङका कारण भेडा मरेपछि भेडा पालक किसानको जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्तामा परेका छन्  । पशु सेवा कार्यालयका जुम्लाका प्रमुख गोविन्द महतले भने, ‘प्रहरीको  मुचुल्का, मेरेका भेडाको फोटो, वडाको सिफारिस, सम्बन्धित व्यक्तिको नागरिकता लिएर किसानले जिल्ला सेवा कार्यालयमा दिनुपर्ने हुन्छ । जिल्ला प्रशासनले पशु सेवा कार्यालयलाई  सिफारिस गरेको खण्डमा  राहत दिने व्यवस्था रहेको  छ  । राहतका लागि कार्यविधि बनेको छ । त्यहीं कार्यविधिमा टेकेर भेडा किसानलाई राहत दिने व्यवस्था छ । ’