जिल्ला लिग प्रतियोगिताको उपाधी योङ्ग स्टार फुटबल क्लबको पोल्टामा

जुम्ला ः जुम्लाको जुम्ला सदरमुकाम खलंगामा संञ्चालन भएको फुटबल प्रतियोगिताको उपाधी योङ्ग्स्टार क्लवले पाएको छ । जिल्ला लिगको उपाधी लागि योङ्ग स्टार फुटबल क्लब जुम्लाले पाएको हो । गत असोज १ गतेदेखि सुरु भएको एन्फा जिल्ला लिगमा मंगलबार सेमिफाइनलका दुई खेल भएका थिए ।सेमिफाइनल खेल ढाँणथपला यूवाक्लब योङस्टार यूवा यूवाक्लब बीच भएको हो ।
योङस्टार यूवा यूवाक्लबलाई ६ गोल गरेको थियो । ढाँणथपला यूवाक्लबले पहिलो हाफमै दुइ गोल फर्कायो । दोश्रो हाफमा योङ्ग स्टारले ४ गोल गरेको थियो ।दोश्रो हाफमा ढाँणथपला यूवाक्लबले कुनै गोल गर्न सकेन । ढाँणथपला यूवाक्लबले खेलमा दुई जना खेलाडीले रेड कार्ड पाए । १० गते सकिने भनेको खेल विबादका कारणले दुइ दिन स्थगीत गरिएको भएपनि सोमबार विहानै देखि खेल सञ्चालन आएको थियो ।
एन्फा जुम्लाका अध्यक्ष भरत बहादुर बुढ्थापाले ढाँणथपला यूवाक्लब बीचको खेल रोचक भएको बताए । उनले भने उत्कृष्ट हुने टिमलाई कप,मेडल ,पत्रमाणपत्र दिइएको छ ।

जुम्लामा संञ्चालन खेल खेलाउन सहज बनाउनका लागी केन्द्रबाट नेपालकै लिग डाइरेक्टर संगीत मिश्र र एन्फा स्टक्चरका सिइओ निपेन्द्र साहनी जुम्ला पुगेका थिए । सुरक्षा निकायको बाक्लो उपस्थिती रहेको थियो ।करिब दुईवर्ष पछि भएको खेललाई मर्यादित रुपमा सम्पन्न गर्न एन्फाले जुम्लाका सबै नागरिक,संचारकमी तथा खेलाडीहरुमा अपिल गरेको थियो। फुटबल प्रतियोगीता गिताका लागी जुम्लाका १५वटा क्लवको सहभागतिा रहेको थियो । एन्फा जुम्लाका अध्यक्ष भरत बहादुर बुढ्थापाले भने खेलमा हार जीत हुने एक प्रक्रिया हो । उनले खेलमा हुने अनुशासित भएर सहभागिता जनाउनु नै ठूलो कुरा हो ।

जुम्लामा फुटबल संघ, जुम्लाले २०६९ सालदेखि प्रत्येक वर्ष लिग सञ्चालन गर्दै आएको थियो । तर कोरोनाले विश्व नै आक्रान्त हुँदा दुई वर्षदेखि लिग सञ्चालन हुन सकेको थिएन ।अध्यक्ष बुढथापाले भने ,यसपटक भने केही हदसम्म कोरोना नियन्त्रण गर्न सफल भएकोले सुरक्षाका सम्पुर्ण उपाय अपनाएर खेल सञ्चालन गरिएको हो ।प्रतियोगितामा कुल १५ टिम सहभागी भय । सहभागी टिमलाई चार समुहमा बाडिएको थियो ।उनका अनुसार ’क’, ’ख’ र ’ग’समुहमा चार –चार टिम रहेका छन् भने समुह ’घ’ मा तीन टिम रहेका छन् । उनले भने, ’सबैलाई समेटेर जिल्लामा फुटबल खेलको बिस्तार गर्ने हाम्रो लक्ष्य हो । यस प्रतियोगिता उत्कृष्ट भएको योङस्टार यूवा यूवाक्लबको टिमले कर्णाली प्रदेश हुने प्रदेश लिगमा भाग लिने भएको छ ।

 

सम्बन्धित समाचार