जुम्लामा जनता आवास कार्यक्रम पहुँचवालाकै हालीमुहाली

जुम्ला : सरकारले जनता आवास कार्यक्रम अन्तर्गत जुम्लामा घर बने । उक्त घर अहिले प्रयोगविहीन भएका छन्  । सिंजा गाउँपालिकामा बनाइएका घर प्रयोगविहीन भएका हुन् । सरकारले दलित तथा विपन्नका लागि सुरक्षित  आवासको लागि कार्यक्रम लागु गर्‍यो । तर, उक्त आवास अहिले प्रयोगविहीन हुनु पहुँचवाला कार्यक्रममा परेर ।

न्युन आय भएका नागरिकका लागि  भनेर सरकारले घर बनाउनका लागि ३ लाख ५० हजार रुपैयाँ पाउने व्यवस्था गरेको थियो  । उक्त रकम निर्माण समितिको नाममा रहेको खाता किस्ता किस्तामा रकम पठाइयो । गाउँमा विपन्नलाई भन्दा पहुँचवालालाई यो कार्यक्रममा पारियो । घर बने तर, प्रयोगविहीन छन्  । यता रकम सकियो तर, घर बने प्रयोगमा आएका छैनन ।

सिंजा–३ का बल बहादुर सार्की विपन्न हुन्  । तर, जनता आवास कार्यक्रमले उनलाई कुनै राहत दिएन । उनको पुरानो घर भत्किनै लाग्दा अर्काको घरमा बस्न बाध्य भएका छन्  ।  उनी आवास कार्यक्रममा परेनन । अहिले छिमेकीको घर एक कोठा मागेर बसेका छन्  । भन्छन्, ‘ जनता आवास कार्यक्रममा पर्नको लागि पहुँच हुनु पनि पर्‍यो नि । विपन्नको नाममा कार्यक्रम लागु हुन्छ । तर, पहुँचवालाले पाउने गरेको  गर्छन्  । घर भएका मान्छेले घर पाए ।’ जनता आवास कार्यक्रमबाट बनाइएका घर उक्त बस्तीमा प्रयोगविहीन भएको स्थानीय बताउँछन् ।

सिंजा – ३ का नन्दबहादुर नेपालीले जनता आवास कार्यक्रममार्फत घर बनाएका छन्  । उनको गाउँमा अर्को घर छ ।  कार्यक्रममार्फत बनाएको घर प्रयोगविहीन भएको छ ।  कार्यक्रममार्फत घर बनाएर प्रयोग नगर्ने उनी मात्रै होइनन, त्यो वडामा बनेका १६ वटा घर तीन वर्षदेखि प्रयोगविहिन छन्  ।

सबै घर तीन वर्षअघि शहरी विकास तथा भवन कार्यालय अन्तर्गत जनता आवास कार्यक्रम मार्फत दुईकोठे घर निर्माण गरिएको थियो । त्यसपछि यो कार्यक्रम पूर्वाधार विकास कार्यालय हेर्ने गरेको छ ।

सरकारको लगानीमा बनेका घर यसरी प्रयोगविहीन हुनु पहुँचवालालाई कार्यक्रम परेको मानिन्छ । सिंजा गाउँपालिका अध्यक्ष देवल सिहं रावलले भने, नराकोटको गाउँमा घर भएकाले घर पाएको पाइन्छ । गाउँमा घर भएकाले  खोलाको नजिकै  बनाइएका घरमा भुतप्रेत लाक्छ भन्दै बस्न नसेको पाइएको  छ  । सरकारको लगानीमा बनेका घर भएकाले  प्रयोगविहीन गर्न मिल्दैन । पालिकाले प्रयोग गर्न दवाव दिन्छ । ’

गत  भौतिक पूर्वाधार विकास कार्यालय जुम्लाले २ सय ५० घर सम्पन्न भइसकेको जानकारी दिएको छ । पूर्वाधार विकास कार्यालयले आर्थिक अवस्था कमजोर भएकालाई जनता आवास कार्यक्रममार्फत बनाइरहेको कार्यालय प्रमुख रुपबहादुर रावलले बताए ।  उनले  भने, ‘पूर्वाधार विकास कार्यालय प्राविधिक सहयोगमा निर्माण भएको भूकम्प प्रतिरोधी सुरक्षित आवास बनाइएका सबै प्रयोगविहीन भएका हुन्’ । यसअघि बनेका घर प्रयोगविहीन कसरी भए त्यो आफ्नो कार्यालयले जिम्मा नलिएको उनले बताए ।

जुम्लाका २ सय ५० विपन्न नागरिकले गत आव २०७७/७८ मा जनता आवास कार्यक्रम अन्तर्गतका सुरक्षित आवास पाएका छन् ।  एक नगरपालिकासहित ७ गाउँपालिकाका २ सय ५० जना विपन्न नागरिक सुरक्षित आवास निर्माण सम्पन्न भएका छन्  । तर, केहीको घर दुई भएका कारण प्रयोगविहीन भएको पूर्वाधार विकास कार्यालयको दाबी छ ।

घर निर्माण कोरोना कहरबीच पनि समयमै सम्पन्न भएका छन् । अझै बजेट अभावले अन्तिम किस्ता दिन बाँकी छ । पटक–पटक माग गर्दा पनि बजेट आएको छैन । पहल जारी छ भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

प्रतिव्यक्ति ३ लाख ३६ हजारका दरले विनियोजित ८ करोड ७५ लाख बजेट मध्ये पहिलो किस्तामा प्रतिव्यक्ति ८४ हजारका दरले २ करोड १० र दोस्रो किस्तामा ६५ हजारका दरले १ करोड ६२ लाख ५० हजार सम्बन्धितको खातामा पठाइएको छ । साथै तेस्रो किस्ता पनि उनीहरुकै खातामा गइसकेको छ । भने, अन्तिम किस्ता मात्रै बाँकी रहेको छ ।

सम्बन्धित समाचार