ढाँणथपला युवा क्लब फाईनलमा प्रबेश

ढाँण थपला यूवाक्लब फाईनलमा प्रबेश गरेकाे छ । साेमबार विहान भएकाे सेमिफाईनल खेलमा लेकाली युवा क्वबलाई पेनाल्टी सुट आउटमा ३ का विरुद्द ५ गाेल गर्दै ढाँण थपला यूवाक्लब फाइनलमा प्रबेश गरेकाे हाे ।

९० मिनेटको निर्धारित समयमा ढाँणथपाला र लेकालिका युवा क्लबको २÷२ गोल बराबरी भएपछि पेनाल्टि सुटआउटमा ढाँणथपला युवा क्लब विजयी भएको हो ।

पेनाल्टि सुटआउनमा ३ का विरुद्ध ५ गोल गर्दे ढाँणथपालले लेकाली युवा क्लबलाई पराजित गरेको हो । पहिलो खेलमा पेनाल्टि सुटआउटमा २ गोल रोक्न सफल भएको भन्दै आयोजक ढाँणथपाला युवा क्लबका गोलकिपर अमृत रोकायालाई म्यानआफदि म्याच घोषणा गरेकाे एन्फा जम्लाका महासचिव भरतवहादुर खत्रीले जानकारी दिए ।

कडा सुरक्षा बिच नेपाली सेनाको खेलमैदान टुडिखेलमा फुटबल प्रतियोगिता भएको थियो । दोस्रो खेल योङ्स्टार यूवा क्लब र फोइकालिका यूवा क्लब बीच हुने छ । बिजेता टाेलि फाईनलमा जाने छ । असोज १२ गते हुने एन्फा जिल्ला लिगको उपाधीका लागि फाईनलमा भिड्ने अध्यक्ष भरतवहादुर बुढ्थापाले बताए ।

सम्बन्धित समाचार