काँग्रेस अधिवेशन ः जुम्ला आठ वटै स्थानीय तहमा टुंगीयो

जुम्ला ः नेपाली काँग्रेस जुम्लाले आठवटा स्थानीय तहको सभापतिको टुंगो लगाएको छ। जुम्लाको छवटा स्थानीयतहमा सर्वसहमति गरेर सभापति चयन गरिएको हो । बाँकी चन्दननाथ नगरपालिका र पतारासी गाउपालिकामा पौडेल पक्ष र देउवा पक्षको मतदान प्रक्रिया बाट सभापती चयन भएका हुन । जसमा चन्दननाथ नगरपालिकामा रबि थापाको प्यानल बिजयी भएको छ । नगरसभापतिमा सहमपति हुन नसकेपछि निर्वाचन प्रर्णालीमा देउवा पक्षबाट अंगराज चौलागाई र पौडेल पक्षबाट रवि थापाले नगर सभापतिको उम्मेदवारी दिएका थिए ।
दुई उपसभापतिका लागि चार जनाको उम्मेदवारी परेको छ ।

देउवा पक्षबाट जयबहादुर रावल र नितेश शाहीको उम्मेदवारी परेको छ भने पौडेल पक्षबाट अंगिता खत्री (उपाध्याय) र धर्मराज देवकोटाको उम्मेदवारी परेको नेपाली काँग्रेसका पाटी सचिव कार्मा बुढाले बताए । उनका अनुसार चन्दननाथ नगरपालिकामा पौडेल पक्षको रबि थापाको प्यानल बिजयी भएको हो । नगरको नेतृत्व चयन गर्नको लागि १ सय ७२ जना मतदाता थिए । बजयी हुने सभापतीले ३९ मत अन्तरले सभापतीमा चयन भएका छन। सिजा गाउपालिकामा र गुठीचौर गाउपालीका देउवा पक्षले नेतृत्व पाएको छ । भने अरु सबै स्थानिय तहमा पौडेल पक्षले पाएको छ ।

 

सम्बन्धित समाचार