चाडपर्व नजिकिएसँगै जुम्लामा अनुगमन तीव्र

जुम्ला ः जिल्ला प्रशासन कार्यालय जुम्लाले विभिन्न ठाउँमा बजार अनुगमनलाई तीव्रता दिईएको छ। नजिकिदै गरेको दशैं लगायतका चाडपर्व लाइ लक्षित गरि बजारमा म्याद गुज्रिएका सामानहरू विक्री वितरण हुने अवस्थालाई ध्यान दिंदै जुम्लाका साहयक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइँको अगुवाइमा अनुगमनलाई तीव्रता दिएको हो।
शनिबार र आइतबार जुम्लाको सिजाक्षेत्रमा रहेका खुद्रा पसल र होटल अनुगमन गरिएको छ। अनुगमनका क्रममा कनकाशुन्दरी गाउपालिकाको गुठीजिउलोमा रहेको पसल बाट म्याथ गुज्रिएका समान जर्फत गर्नुका साथै ब्यापारिलाई सचेत समेत गरिएको हो । सिजागाउपालिकाको नराकोट बजार हिमा गाउपालिका कालिखा खेतुमा रहेका खुद्रा पसलबाट पनी म्याद गुज्रिएको सामानहरू राखिएको अवस्थामा फेला परेको छ ।
दशैं तिहार जस्ता ठूला चाडपर्व आउँदै गर्दा बजारमा ठूलो मात्रामा म्याद गुज्रिएका सामानहरू विक्री वितरणका लागि आएको हुने भएकाले अनुगमनलाई तिब्रता दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिबिजन कार्यालय जुम्लाका प्रमुख अमित भुषण सुमनले बताए । उनले भने अनुगमनका क्रममा धेरै पसलहरु म्याद गुज्रेका समाग्रीहरु जफत गरिएको छ । चाडवाडका बेला बजारमा कृत्रिम अभाव सिर्जना गर्ने,कालोवजारी गर्ने, अस्वस्थ खाद्य वस्तुको विक्रि वितरण गर्ने गुनासाहरु आउन नदिन दशैं सुरु हुनु भन्दा अघि नै जुम्ला प्रशासनको समन्वय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिबिजन कार्यालय जुम्लाको आयोजनामा अनुगमन तिव्र पारिएको हो । अुनगमनमा खुद्रा पसल, खाद्य पसल, मासु पसलहरुमा समेत अनुगमन गरिएको छ। अनुगमनका क्रममा वेसन ,बिस्कृट , सुर्ती क्यान जुस मिठाई मासु , कोकोकला ,लागयतको अस्वस्थ खाद्य वस्तु नष्ट गरिएको छ ।
एक लाख १९ हजार रुपैया बराबरको समान नष्ट
यस अघि जुम्ला बजारको भारती वाडा , कालिखोली , कार्कीवडा , बिजय नगर ,बालमन्दिरका आसपासमा संञ्चालित खुुद्रा पसल ,फ्रेसहाउस , माशु पसलहरुमा अनुगमन गर्दा ७० हजार बराबरको समान नक्ष्ट गरिएको थियो । जसमा कुइएको मासु मात्रै ४४ हजार रुपैया बराबारको थियो । त्यस्तै शुक्रबार जुम्ला बजारको बसपार्क क्षेत्रमा गरिएको अनुगमनमा १२ हजार बराबरको म्याद जुग्रेका अखाद्य बस्तु जर्फत गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिबिजन कार्यालय जुम्ला प्रमुख प्रमुख अमित भुषण सुमनले बताए । उनका अनुसार शनिबार र आइतबार गरिएको सिजा क्षेत्रको बजार अनुगमन बाट ३७ हजार ४ सय ८० रुपैयाको म्याद जुग्रेको अखाद्य बस्तु गरि एक लाख १९ हजारको म्याद जुग्रेको समान जफत गरिएको छ । छड्के अनुगमनमा निस्केको टोलीले अखाद्य वस्तु बेचेर उपभोक्ताको स्वास्थ्य संवेदनसिलता माथि खेलवाड गरेको खण्डका काबार्हही गरिने चेतावनी दिएको हो ।
उपभोत्ता सचेत हुन जरुरी छ
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिबिजन कार्यालय जुम्ला प्रमुख प्रमुख अमित भुषण सुमन भन्छन अब उपभोत्ता सचेत हुन जरुरी देखीन्छ । हामीले धेरै पटक गरेका अनुगमनमा ब्यापारीलाई म्याथ नगेका सामान नबेच्न भनदै सचेत गर्दै आएका छौ । तर जुम्लाका ब्यपारीको वेमानी घटेको देखीदैनन । यो हामीले गरेको अनुगमनले मात्रै हुदैन ,ब्यापारिले आफ्ना ग्राकलाई स्वच्छ दैनिक उपभोग्य बस्तु बच्नु आफ्नो कतब्य ठान्नु पर्ने हो । त्यसमा ब्यापारिको अटेररी छ ।उपभोत्ताले समानको लेबल नहेरर लिने गरेका कारण ब्यापारीले यसको फाइदा उठाएका हुन ।
खाद्य पदार्थदेखि सचेत रहन प्रशासनको आग्रह
चाडपर्वका बेला बजारमा दूषित र मिसावटयुक्त खाद्यवस्तु विक्री हुन सक्ने भन्दै जिल्ला प्रशासन जुम्लाले उपभोक्तालाई त्यस्ता वस्तु किन्दा सचेत हुन आग्रह गरेको छ । यस्ता गतिविधि रोक्न भन्दै प्रशासनले चाडपर्व लक्षित बजार अनुगमन तीव्र पारे पनि उपभोक्ता भने ढुक्क हुन सकेका छैनन्। नियमनकारी निकाय भन्दा गलत मनसाय राखेर व्यवसाय गर्नेहरू हावी हुँदा उपभोत्ता ठिएका हुन
जुम्लाको अवस्था
तर बजारमा पाइने देनकि उपभोग्य सामाग्री उपभोत्तले ढुक्क भएर किन्न सकिने अवस्था नरहेको सिजा गाउपालिका रतन वडले बताए ।उनले भने,“चाडबाडका बेला घरमा धेरै काम हुन्छ, सबैलाई कुन समान म्याथ गएको छ छैन भनेर हेर्ने जानकारी पनी हुदैन ।जुम्लाका साहयक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले भने दूषित र मिसावट भएका खाद्यपदार्थको विक्री नियन्त्रणका लागि अनुगमन गरिरहेको हो । उनले भने हालै आएको उपभोक्ता संरक्षण ऐनले अनुगमन गर्ने निकायलाई बलियो बनाएकोछ । स्थानिय तहका उपाध्यक्षको संयोजकत्वमा अनुगमन गर्ने अधिकार छ । तर स्थमनियतहले अनुगमन गर्ने गरेका छैनन । अनुगमनले बजारलाई अनुशासित बनाउन नसकेको उपभोक्ताहरु बताउँछन ्। सिजा क्षेत्रका २८ वटा पसल बाट अनुगमन जफत गरिएको अखाद्य बस्तु सबै नष्ट गरिएको छ ।
















