एमाले केन्द्रीय कमिटी बैठकः एमालेदेखि जनयुद्धको निरन्तरता टोली नेताका सुझाव

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा समुहगत सुझाव दिने काम सकिएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा चलिरहेको बैठकमा १० वटा समूहका टोली नेताहरुले सुझाव राख्ने काम सकिएको छ ।

बैठकमा लुम्बिनी समूहका टोली नेता दलबहादुर रावलले दुईपटक मात्र कार्यकारी पदमा बस्ने ब्यस्था गर्नु पर्ने , एमालेमै रहेका पूर्वमाओवादी नेताको जिम्मेवारी खोस्न नहुने लगायतका सुझाव दिएका छन् । उनले पार्टीको सदस्यता पाउन कम्तिमा एक वर्ष जनसंगठनमा काम गरेको हुनुपर्ने सुझाव समेत दिए । नेकपा एमालेको निरन्तरतासँगै जनयुद्धको निरन्तरता पनि उल्लेख गर्न नेतृत्वलाई सुझाव दिएका छन् ।

बागमती समुहका नेता आनन्द पोखरेलले पार्टी र सरकारको सम्बन्धबारे स्पष्ट व्यवस्था हुनुपर्ने बताए । सरकारमा जाने नेताहरुले पार्टीको निर्देशन मान्नुपर्ने । पार्टी शुद्धीकरणको अभियान तलैसम्म लैजान पर्ने । तीनवटै सरकारले गरेका राम्रो कामलाई जनतासम्म लिएर अगाडि बढ्नुपर्छ।

प्रदेश १ का टोली नेता हिक्मत कार्कीले सात प्रदेशबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय समितिमा ७ जना उपाध्यक्ष बनाउन सुझाव दिए । उनले संक्रमणकालीन अवस्था भएकाले २२५ भन्दा बढी सदस्य भएको केन्द्रीय कमिटी बनाउन सुझाव दिए ।

 

 

सम्बन्धित समाचार