जुम्लामा लागुऔषधको प्रयोग बढ्दै
जुम्ला ः जुम्ला सडक संञ्जाल जोडीए पछि लागु औषध भित्रिन थालेको छ । जुम्लामा एक दशक पहिले लागुऔषध ब्राउन सुगरको यहाँका नागरिकले नाम पनि सुनेका थिएनन् ।ब्राउन सुगर के हो ।कस्तो हुन्छ ।यसले के प्रभाव गर्दछ भन्ने जानकारी पाएका नै थिएनन् । अहिले जुम्लाका नागरिकलाई कसरी आफ्ना बालबच्चा यसबाट कसरी जोगाउन भन्ने चिन्ताले पिरोलेको छ ।
एक साता अधि नेपालगज्ज बाट कर्णाली राजमार्ग हुदै जुम्ला तर्फ मोटरसाइकलमा लागुऔषध ब्राउन बोकेर आएदै गरेका दुई जना युवालाई अघिल्लो साता कालिकोट प्रहरीले पक्राउ गरेको थियो । लु ७३ प ८३०५ नम्बरको पल्सर मोटरसाइकलमा सवार गरिरहेका जुम्ला पातारासी गाउँपालिका – ६ बस्ने २८ वर्षीय रामबहादुर बुढा, चन्दनाथ नगरपालिका– ६ बस्ने २४ वर्षीय सनिर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।सडक जोडीएपछि ब्राउन सुगर बजार देखि गाउँ टोलसम्म पुगेको अवस्था छ ।
सुर्खेत,दैलेख, कालिकोट हुदै जुम्ला, मुगु कर्णाली राजमार्गको २०६२ सालमा ट्रायक खुलेको हो । त्यस यतादेखि ब्राउन सुगर लागुऔषधि भित्रिन थालेको प्रहरीको बुझाई छ ।
यस अघि कर्णाली राजमार्ग नखुल्नु अघि यहाँको एकमात्र यातायातको साधन भनेको हवाई जहाज थियो ।.हवाई जहाजबाट यो लागुऔषध एक पटक भित्रिएको थियो ।त्यस पछि हवाइजहाजबाट जुम्लामा भित्रिएको पाइदैन ।
अहिले सडक मार्ग खुलेपछि लागुऔषध भित्रिएको प्रहरी नायव उपरीक्षक दानबहादुर थापा बताउछन ।यस अघि जुम्लामा स्थानीय स्तरमै उत्पादन हुने भागो (गाजा) चरेस नसाको रुपमा प्रयोग गर्ने गरेको स्थानीयले बताएका छन । तर त्यसले ठुलो रुप लिएको थिएन । त्यही पनि लुकिछिपि प्रयोगमा आउने गरेपनि कानुनी रुपमा बन्देज नै गरिएको थियो ।
अहिले यो ब्राउन सुगरले युवा पुष्तालाई धोष्त नै पार्न थालेको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत बताए । उनले भने यो नसामा युवा पुष्ता नराम्रोसँग फसेका छन् । प्रहरीले जति निगरानी बढाएपनि बाहिरबाट जुम्ला भित्रिन छोडेको छैन ।ब्राउन सुगरको प्रभाव र असरका विषयमा विद्यालय स्तरमै सचेतीकरण गर्न आवश्यक रहेको छ ।उनले भने यसले धेरै युवा पुष्ताको भविश्य बर्वाद बनाएको समयमै सचेतीकरण गरी विनासकारी ब्राउन सुगरबाट युवा पुष्तालाई जोगाउनु पर्ने अहिलेको अवश्यकता हो ।लागुऔषधले कर्णाली प्रदेशका माथिल्लो कर्णालीका जुम्ला, मुगु, कालिकोट जिल्लामा सेवन बढ्दै गरिएको प्रहरीको तथ्यांकले देखिउने गरेको छ ।
तिनवर्षको अवधिमा ४७ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय जुम्लाको तीन वर्षको तथ्यांक हेर्ने हो भने लागुऔषधको सेवन र कारोबार आर्थिक बर्ष ०७५÷०७६ मा ५ वटा मुद्दामा १६ जना पक्राउ परी कारवाही गरिएको जनाएको छ । यस्तै आर्थिक बर्ष ०७६÷०७७ मा ६ वटा मुद्दामा ९ जना पक्राउ गरेका थिएन भने आर्थिक बर्ष ०७७÷०७८ मा ५ वटा मुद्दामा २० जना पक्राउ गरी कारवाही गरेको प्रहरी तथ्यांक छ । आर्थिक बर्ष ०७८÷०७९ को दुई महिना साउन भदौँमा १ मुद्दामा दुई जना पक्राउ परेको प्रहरी निरीक्षक यूवन चौधरीले बताए। तीन वर्षको अवधिमा प्रहरी लागुऔषध ब्राउन सुगर सम्वन्धी १७ मुद्दा दर्ता गरी ४७ जना पक्राउ गरी कारवाही गरेको छ ।प्रहरीले ब्राउन सुगर रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रहरीले सक्रियता बढाएको उनले बताए । उनले भने यस विषयमा विद्यालय स्तरमा सचेतीकरण कार्यक्रम पनि सञ्चालन गर्ने गरेका छौँ ।
त्यस्तै जिल्ला बार एशोसियसन जुम्लाका पूर्व अध्यक्ष तथा अधिबक्त देवेन्द्र शर्माका अनुसार जुम्लामा ब्राउन सुगर झाँगिएको अवस्था देखिन्छ । यहाँका युवा त्यो लागुऔषध दुव्र्यसनमा फसेका छन् । उनले भने,मैले मात्रै १५÷१६ मुद्दा हेरेको छु ।अरु कानुन व्यवसायी साथीहरुले पनि हेरेका होलान । यसले विकराल रुप लिने अवस्था देखिन्छ ।लागुऔषध ब्राउन सुगरको मात्रा, कारोबार, सेवनका आधारमा कानुनी कारवाहीको व्यवस्था रहेको उनले बताए ।सय ग्राम देखि जतिसुकै माथि भेटिएमा पाँच लाख जरिवाना र १५ वर्ष कैद हुने कानुनी व्यवस्था रहेको छ ।
त्यस्तै पातारासी गाउपालिका ७ का सुबास बुढा लागु औषसेवन गरी सुधार केन्द्र बसेर घर फर्किएका ब्यति हुन । उनले अहिले जुम्लामा लागुधौषको कुलतमा लागेको युवाका लागी सुधार केन्द्र समेत खोलेका छन ।उनी इन्डियाको लखनौउँमा रहेको सुधार केन्द्रमा तिव वर्ष बसेर आएको बताए । २०७५ सालमा कर्णाली टिनच्यालेन्ज ड्रगरिह्याबिलीटेसन सेन्टेर नामक सुधार केन्द्र खोलेका छन।
उनले भने राखेर ८ जनालाई सुधार केन्द्रमा राखेमा ५ जना पुर्न सुधार भएर घर गएको बताए । बाँकी तिनजनाको अबस्था सुधारिएको छैन ।उनले भने अहिले जुम्लामा यसको अबस्था भयभह छ । यस बिषयमा हाम्रो तिनतहको सरकार जिम्मेवारी छैन । अब सबै भन्दा जिम्मेवारी अभिभावक हुन जरुरी छ । गलत ब्यक्तिको संगत्तले युवा पुस्ता बिग्रेको बताए । उनले भने आफु पनि साथीभाइको लहलैइमा लागेर सेवन गरेको बताए । उनले भने छोरा छोरी सहिबाटोमा छन छनैनन् भनेर अभिवाक सचेत हुन जरुरी छ ।









