जुम्लामा चाडपर्वलाई लक्षित गरि बजार अनुगम


जुम्ला ःदशैं तिहारलाई लक्षित गरि स्थानीय प्रशानले जुम्ला बजार क्षेत्रको अनुगमनलाई तिव्र पारेको छ। चाडपर्वका बेला वजारमा हुने कालोवजारी,म्याद गुज्रेका समानहरुको विक्रिवितरण रोक्न जुम्ला बजारको बसपार्क क्षेत्रमा प्रशासन, उद्योग वाणिज्य संघ र अन्य सरोकारवाला निकायहरुले संयुक्त अनुगमन सुरु गरेका हुन्। बजार अनुगमनका क्रममा म्याद गुज्रेका समाग्रीहरु विक्रि भएको, पाइएको जुम्लाका साहयक जिल्ला अधिकारी नन्दराम चौलागाईले बताए । उनले भने सरकारले लागु गरेको नियम अवज्ञा गर्ने .व्यावसायीहरु पनि भेटिएको छन ।
अनुगमनका क्रममा धेरै पसलहरु म्याद गुज्रेका समाग्रीहरु जफत गरिएको र सरकारी नियम मिच्ने व्यावसायीलाई जरीवाना गरिने भएको छ । चाडवाडका बेला बजारमा कृत्रिम अभाव सिर्जना गर्ने,कालोवजारी गर्ने, अस्वस्थ खाद्य वस्तुको विक्रि वितरण गर्ने गुनासाहरु आउन नदिन दशैं सुरु हुनु भन्दा अघि नै अनुगमन तिव्र पारिएको जुम्ला प्रशासनको भनाइ छ।प्रशासनको अगुवाइमा गरिएको अुनगमनमा खुद्रा पसल, खाद्य पसल, मासु पसल तथा सार्वजनिके अनुगमन गरिएको छ। अनुगमनका क्रममा वेसन ,बिस्कृट , सुर्ती क्यान जुस मिठाई लागयतको अस्वस्थ खाद्य वस्तु नष्ट गरिएको छ ।
यस अघि बजार अनुगमन टोलीले जुम्ला बजार , भारती वाडा ,कार्कीवडा ,कालीखोली र ऐपोर्ट सम्म संञ्चालित फ्रेसहाउस , माशु पसल र दैनिक खाद्यबस्तुको अनुगमन गरेको थियो । त्यसक्रममा अव्यवस्थित तथा खुल्ला स्थानमा राखेर बिक्री गर्दै गरेको अवस्थामा तिन जना व्यवसायीको मासु र एक जनाको माछा जफतसमेत गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिबिजन कार्यालय जुम्ला प्रमुख अमृत सुमान भुसनका अनुसार , १२ हजार बराबरको सामाग्री नष्ट गरिएको छ । जुम्लामा म्याद जुग्रेका अखाद्य बस्तु बेचेको खण्डमा पसल सञ्चालक जरिवाना गरिने प्रशासनको चेतावनी दिईएको छ । शुक्रबार छड्के अनुगमनमा निस्केको टोलीले अखाद्य वस्तु बेचेर उपभोक्ताको स्वास्थ्य संवेदनसिलता माथि खेलवाड गरेको खण्डका काबार्हही गरिने चेतावनी दिएको हो । ती सबै सामग्री नष्ट गरिएको प्रशासनले बताएको छ ।

 

 

सम्बन्धित समाचार