जुम्लामा १८ वर्ष माथिका ४१ हजारलाई तत्काल खोप लगाईदैँ

जुम्ला ःजुम्लाका १८ वर्ष भन्दा माथीका ४१ हजार नागरिकलाई कोरोना विरुद्दको खोप लगाइने भएको छ । यहि असोज ९ गतेबाट संक्रमणबाट जोगिनका लागि जुम्लामा १८ वर्ष माथिका ४१ हजार ६ सय ७६ जनालाई तत्काल कोरोनाको खोप लगाइने भएको हो । जुम्लाको कुल जनसंख्याको ३३ प्रतिशतलाई खोप लगाउने सरकारको निर्देशन अनुसार १८ वर्ष माथिका ४१ हजार बढीलाई खोप लगाउने तयारी भएको जनस्वास्थ्य सेवा कार्यालयका जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए । उनका अनुसार पहिलो खोप लगाएका लाई दोस्रो डोज र खोपनै नलगाएकालाई पहिलो डोज लगाईने छ । आबश्यकताका आधारमा स्वास्थ्यकर्मि,स्वयमसेविका,शिक्षक यूवालाई परिचालन गरिने छ । खोप अभिायन जुम्लामा असोज ९ गतेबाट शुरु हुने छ । यहाँका ८ वटा स्थानिय तहमा दुईचरणमा खोप लगाईने छ । भने तालिम प्राप्त स्वास्थ्यकर्मि सहित जुम्लामा ५ सय ४७ जना स्वयम् सेविका परिचालन हुने छन् ।

प्रत्यक पालिकामा खोप केन्द्र राखिदै छ । खलंगामा बस्नेको हकमा प्रतिष्ठानलाई खोप केन्द्र तोकिने छ ।१८ वर्ष माथिका सबैले खोप लगाउने भएकोले कोहि नछुटुन कोहि नदोहोरिन भन्नका लागि प्रचार प्रशारमा जोड दिन जरुरि रहेको जनाईएको छ । जिल्लाभरीका कर्णाली प्रतिष्ठान र ३० स्वास्थ्य चौकी सहित ३२ खोप केन्द्रबाट खोप दिईने छ । प्रत्यक पालिकाको एक स्वास्थ्य चौकीलाई व्यवस्थापन केन्द्रका रुपमा तोकिने जनाईएको छ । खोप लगाउन आउँदा अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्ने,लगाउँदा संक्रमण हुने डर कम हुन्छ भनेर प्रचार प्रशार गर्न समेत जुम्लाका संञ्चार माध्यमलाई आग्रह गरिएको छ ।

हाल जुम्लामा ४१ हजार ७ सय ४० डोज खोप आईपुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । खोपको उचित भण्डारण गरिएको छ । भ्याक्सिन लगाउदैमा कोरोना नलाग्ने भन्ने नरहेको तर रोग प्रतिरोधात्मक क्षमता बढाउन खोप अनिवार्य भएको चिकित्सकले बताका छन् । जुम्लाका जुम्लामा २४ हजार ६ सय ४८ जनाले यस अघि खोप लगाएका छन् । भने,१९ हजार ८ सय ४७ जनालाई पुर्ण खोप अर्थात दोस्रो खोप समेत लगाईसकेका छन्।
जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले सबै नागरिकलाई खोपको पहुँचमा पुराउने सरकारको लक्ष्य सफल पार्न सबै नागरिकलाई खोप लगाउन आग्रह गरिन् । १८ वर्ष माथिका सबै नागरिक खोपको पहुँचमा आउने गरि तयारी व्यापक गर्न समेत प्रअिज प्रसाईको अनुरोध छ । जिल्ला प्रशासन कार्यालयमा छलफल राखेर कोेरोनाको खोप जुम्लाका सबै नागरिकलाई अनिवार्य लगाउने भन्ने भन्ने बिषयमा खोप समितिले निणर्य समेत गर्ने गरेको छ ।

सम्बन्धित समाचार