दाँते ओखर अनुदानमा २५ हजार घुस खाने हाकिम बिरुद्ध मुद्धा दायर

सुर्खेत । दाँते ओखर उत्पादन गरे वापत किसानलाई दिने अनुदानमा घुस खाएको आरोपमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हश्मुल्लाह मुसलमान बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिषेश अदालतमा मुद्धा दायर गरेको छ ।

अनुसन्धानको सिलसिलामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाई, स्याउ जोन, डोल्पाका कार्यालय प्रमुख मुसलमानले अनुदानको रकम भुक्तानी गरिदिने भनी रु.२५ हजार घुस माग गरी लिने खाने बदनियतपूर्ण मनसाय राखी सेवाग्राहीसँग घुस लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको स–प्रमाण पुष्टि हुन आएकोले निज मुसलमानलाई बिगो रु २५ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई बिषेश अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियायर दुरुपयोग अनुसन्धान आयोगका नारायणप्रसाद रिसालले बताए ।

‘दाँते ओखरको बिरुवा उत्पादन गरे वापत कृषकलाई दिनुपर्ने अनुदान रकम भुक्तानी गर्नको लागि घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटि गएको टोलीले मुसलमानलाई रु.२५ पच्चीस हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।’ उनले भने,‘किसानबाट घुस मागेको आधारमा उनलाई बिषेश अदालतमा मुद्धा दायर गरिएको छ ।’

सम्बन्धित समाचार