मोर्गन इन्जिनियरिङ कलेज अनेरास्ववियु (क्रान्तिकारी) इकाईको अध्यक्षमा रावत

जुम्ला  माओवादी ९केन्द्र० निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु ९क्रान्तिकारी० को काठमाडौस्थित मोर्गन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजमा अखिल क्रान्तिकारीको चौथो इकाई सम्मेलनबाट अध्यक्ष पदमा बसन्त कुमार रावत चयन हुनु भएको छ। सो इकाई सम्मेलन बाट रावत नेतृत्वमा १३ सदस्यीय इकाई कमिटी गठन गरिए छ । जसमा अध्यक्षमा बसन्त कुमार रावत,उपाध्यक्षमा लोकेश घर्ति मगर, सचिवमा विश्व रावल, सह( सचिव मा रञ्जित राई ,कोषाध्यक्षमा, कुशल राज पूरी चयन गरिए छ ।
सदस्यहरुमा अभियान सापकोटा,कपिल ओली,जीवन खड्का ,प्रदीप घर्ति मगर ,जितेन्द्र यादव,विकास शाही, मनोज गुरुङ र मनोज बुढाथोकी चयन भएको नवनिर्वाचित अध्यक्ष रावतले बताउनुभयो ।
नवनिर्मित अध्यक्ष रावलले भन्नुभयो ,विद्यार्थीहरु को हक, हित र अधिकार को लागि एक जुट भएर लड्ने छौं । अखिल क्रान्तिकारी सधै विद्यार्थी को हक र अधिकार को लागि लागेको संगठन भएको
नवनिर्वाचित अध्यक्ष रावतले बताउनुभयो ।ू जुम्ला तिला गाउँपालिका( १ रारा मा जन्मेका रावत काठमाडौस्थित मोर्गन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजमा इन्जिनियरिङ विषयमा अध्यानरत छन् । अखिल क्रान्तिकारील० चौथो इकाई सम्मेलनमा पुर्व अंञ्चल विश्वविद्यालय उपत्यका जिल्ला अध्यक्ष तथा विभिन्न इकाई अध्यक्ष र सहसचिवहरुको सहभागिता भएको मोर्गन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेज अखिल क्रान्तिकारी इकाई कमिटीले जनाएको छ ।

सम्बन्धित समाचार