भरुवा बन्दुक सहित पक्राउ तथा बरामद

काठमाडौंः जाजरकोट, नलगाड नगरपालिका(८ कुसेनी बस्ने ३३ वर्षीय वीर बहादुर पुनलाई १ थान भरुवा बन्दुक सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मैदेबाट खटिएको प्रहरीले उक्त बन्दुक सहित फेला पारी उनलाई पक्राउ गरेको हो । म्याग्दी, मालिका गाउँपालिका(२ रुम घट्टेखोलास्थित सामुदायिक जंगलको पाखा झाडीबाट ८ थान एकनाले भरुवा बन्दुक सोमबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले उक्त झाडीमा वेवारिसे अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार