जुम्लाले चिकित्सा उच्च शिक्षा तहको पाठ्यक्रम बनाउदै


जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पश्चिम नेपालकै चिकित्सा क्षेत्रका विभिन्न विधामा पाठ्यक्रम बनाउन थालेको छ । प्रतिष्ठानले पछिल्लो समय स्नातकोत्तर नर्सिङ तहको पाठ्यक्रम निर्माणका लागि जुम्लाबाटै शुरु गरेको हो । स्नातकोत्तर तहको पाठ्यक्रम बनाउन जुम्लामा एक दर्जन बढि चिकित्सा क्षेत्रका प्रध्यापकहरु, सहप्रध्यापकहरु र कर्णाली प्रतिष्ठानका विभिन्न विभागका प्रमुख बिज्ञहरु जुटेका छन । प्रतिष्ठानले नर्सिङ तहको उच्च स्तरको कक्षा सञ्चालन तथा पश्चिम नेपालमै पाठ्यक्रम फिजाउन जुम्लामा केन्द्रीत भएर पाठ्यक्रम बनाउन शुरु गरेको छ ।
जुम्लामा एक औपचारिक कार्यक्रम गरेर प्रतिष्ठानले मास्टर्स अफ नर्सिङ तहको पाठ्क्रम तयारीको अन्तिम चरणमा रहेको बताएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर निरेश थापाले यस पटक स्नाकोत्तर नर्सिङ तहको पाठ्यक्रम बनाउन जुम्लामा शुरु गरिएको बताए ।उनले भने कर्णालीको चिकित्सा क्षेत्रमा अर्को माईलस्टोन शुरु भएको छ । उनका अनुसार प्रतिष्ठानले आफै एमविविएस, वि फार्मा, विएनएस, विएमएस, विपिएच, एमडिएमस, एमएससि ईपिडिमियोलोजी, ब्याचलर न्यूट्रेसन सहितका पाठ्यक्रम सहितका विभिन्न पाठ्यक्रमहरु यस अघि बनाई सकिएको छ । उनल,े थपे अव स्नाकोत्तर नर्सिङ तहको पाठ्यक्रम बनाउन थालिएको छ । जुम्लामा बनाएको पाठ्यक्रमले चिकित्सा क्षेत्रमा पश्चिम नेपालमै लागु हुने र स्तरीय हुने अपेक्षा गरिएको छ । जुम्लामा बनेको पाठ्यक्रम भने केही भूगोल केन्द्रीत समेटन सकिनेमा प्रतिष्ठानका पदाअधिकारीको दाबी छ । प्रतिष्ठानले जुम्लामा गत बर्ष विएनएस तहको पाठ्यक्रम समेत बनाएको थियो ।
त्यस्तै प्रतिष्ठानका नर्सिङ डीन सहायक प्रध्यापक डाक्टर सरस्वति गौतमले नर्सिङ पेशा जति माथी गएपनि स्यार सुसार र विरामीको सुरक्षामा केन्द्रित हुने बताइन । उनले जुम्लामा आफ्नै हातबाट पाठ्यक्रम बनाउन पाउदा खुशी व्यक्त गरिन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो व्याज प्रविणता प्रमाणपत्रबाटै शिक्षा शुरु गरिएको थियो ।
जुम्लाको होटल कान्जिरोवामा शुरु भएको दुईदिने पाठ्यक्रम विकास कार्यशालमा नर्सिङ डीन गौतमले नर्सिङ उच्च तहको पाठ्यक्रमको अन्तिम रुप दिने बताइन । उनले भनिन , यो पनि प्रतिष्ठानको कोसेढुंगाको पानमा दस्तावेजीकरण हुने छ ।
सहयाक प्रध्यापक डाक्टर सर्मिला जोशीले प्रतिष्ठान र विज्ञहरुले तयार पारेको मस्यौदा प्रस्तुत गरेकी थिइन । उनले दुई बर्षको उक्त पाठ्यक्रम बढि भन्दा बढि व्यवहारिक नैतिक शिक्षामा केन्द्रीत हुने बताइन ।
जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले प्रतिष्ठानले जुम्लाको सौभाग्य कोरेको बताए । उनले कुनै वेला डाक्टर नपाएर जुम्लीको शब एकहप्पता कुइने गरेको स्मरण गर्दै भने जुम्लाले अहिले डाक्टर उत्पादन गरेर अरु ठाउमा पठाउने भयो । उनले ,पाठयक्रमको मस्यौदामा सूझाव दिदै भने जुम्लामै पाठ्यक्रम तयार हुनु कर्णालीका लागि खुशी हो । कर्णाली प्रतिष्ठानको काममा केही पारदर्शितामा अझै पनि जोड दिनुपर्ने सुझाव दिए । पाठ्यक्रमको मस्यौदामाथी विभिन्न विज्ञहरुले सुझाव दिएका छन् । स्वास्थ्य तथा जनसंख्या बरिष्ठ अस्पताल नर्सिड प्रशासक सकुन्तला गौतम, कर्णाली प्रतिष्ठानका जनस्वास्थ्य क्षेत्रका डीन मुनीराज क्षेत्री लगायतका बिज्ञहरुले मस्यौदामा सूझाव दिएका छन ।