बालविवाहले निम्त्याएको पिडा सहन बाध्य जुम्लाका किशोरी

स्यानु भट्टराई

जुम्ला । पुरुषका बिचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक र सामाजिक कार्यलाई विवाह भनिन्छ । विवाह गर्न उपयुक्त भनी तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाइ बालविवाह भनिन्छ । नेपालमा कानुन अनुसार बिबाह गर्ने उमेर २० बर्ष तोकिएको छ । त्यसैले २० बर्ष भन्दा कम उमेरमा गरिने विवाहलाइ बालविवाह भनिन्छ । तर जुम्लाका धेरै किशोरी बालविवाहाको पिडामा छट्पटीदै आएका छन ।

जसको उदारण हुन सिजागाउपालिका ३ धिताललहिकी संगिता धिताल । उनले १५ वर्षको उमेरमा बिबाह गुठीचोैर गाउपालीका वडा नं ५ फोइ गाउमा भएको थियो । संगिता धिताल अहिले १७ वर्षकी भइन उनको पहिलो सन्ता गर्भमै खेर गयो अहिले अर्को सन्तान दुइ महिनाको पेटमा हुर्कदैछ ।

मलाइ जन्म दिने आमा पनि अर्कै संग बिवाह गरेर गइन । घरमा रहेकी सौतेली आमाको पिडा सहन नसकेर १५ वर्षको उमेरमा बिवाहा गरे । अहिले बालविवाहले निम्त्याएको पिडा सहन बाध्य छु । उनी भन्छीन सानो उमेरमा बिवाहा गर्दा घर धन्दा धन्ना गारो भएको छ । १७ वर्षकै उमेरमा आमा बन्नु पर्ने अवस्था आउदा स्वास्थ्य पनी कमजोर भएको छ । उनले भनिन ‘पहिलो सन्तान राम्रो स्यार सुसार नपाएर गर्भमै खेर गयो । अहिले पनि पेटमा भएको बच्चा सहज रुपमा जन्मन्छ कि नहि चिन्ता लागीरहेको छ ।’

बिबाह गर्ने उमेर नपुगेकै समय कालखण्ड सङ्गै परिबर्तन हुँदै आएको पाइन्छ । बर्तमान समयमा आएको मुलुकी ऐनमा दुबैको उमेर २० बर्ष तोकिएको छ । तर नेपालमा अझै ३७ प्रतिशत मानिसको कम उमेरमै बिबाह हुने गरेको भिन्न संस्थाहरुको प्रतिवेदनमा भेटिन्छ । नेपाल बालबिबाह हुने बिश्वका पहिलो २० मुलुकमा पर्दछ । संगिता धिताल भन्छिन ‘म जब कक्षा ८ मा पढ्थे सौतेली आमाको पीडा सहन नसकेर विवाह गरे ।’

बिडम्बनाको कुरा उनिहरुले पढाइलाइ निरन्तरता दिन सकिनन् । उनी संगैका साथी भाइ स्कुल पढ्न जादा किन बिहे गरे छु जस्तो लाग्छ । मैले ८ कक्षा पास नगरेकै दुई वर्ष पूरा भइसकेछ । स्कुल पढ्दा का साथीसंगीले एसइइ दिइसके । उनी जस्तै बालविविहाको चपेटामा परेका धेरै किशोरी छन । ्

पहिले र अहिको बालबिवाहामा भिन्नता

त्यस्तै गुठीचौर गाउपालिकाका उपाध्यक्ष जानदेवी ऐडीले भनिन ‘इतिहास र बर्तमान समयबीच बाल बिबाह हुने कारणहरुमा धेरै भिन्नता आइसकेको छ । उनले थपिन पहिले बालबिबाह जबरजस्ती र करकापले हुन्थ्यो भने अहिले आफू खुसी बालबिबाह गर्ने बढिरहेका छन । आमाबुबा तथा अभिभावकहरुको करकापमा हुने बिबाहहरु बिशेषगरि आमाबुबा अशिक्षित ,आर्थिक अबस्था कमजोर भएर पालनपोषण गर्न नसक्ने अबस्था ,पुण्य कमाउने अन्धबिस्वास ,लैङ्गिक विभेद र छोरिको क्षमतामा बिस्वास नगर्ने खालका प्रवृत्तिले गर्दा हुन्छन भने आफुखुसि गर्नेहरु बिबाहहरु एकछिनको शारीरिक आकर्षण,सम्पतिको लोभ ,देखासिकी ,आफ्नो क्षमतामा आत्मबिस्वास नहुनु,पुरातन सोचले गर्दा हुने गर्दछन ।’

बर्तमान परिप्रेक्ष्यमा २० बर्ष नपुगी बिबाह गरायो भने जेल जाने डरले तथा अभिभावकको चेतना बढेर करकापले हुने बिबाह कम भए पनि समाजिक सन्जालको दुरुपयोगले किशोरकिशोरी आफू खुसी कम उमेरमै बिबाह गर्ने घटनाहरु बढिरहेको महिला अधिकार कर्मीहरु बताउछन ।
बालविवाहाले आउने समस्या

शारीरिक र मानसिक रोगको सिकार भइन्छ । कलिलो उमेरमै बिहे गर्दा प्रजनन प्रणालीमा ठूलो क्षति पुग्छ । कम उमेरमै आमा बन्नु पर्ने बाध्यताले पाठेघर खस्ने , पाठेघरको क्यान्सर हुने, कुपोषण हुने जस्ता रोगहरु लाग्ने गर्दछन । बिहे गरे पछि धेरै जिम्मेवारी थपिन्छ । थपिएका जिम्मेवारी बहन गर्दा शारीरिक पीडाहरुका साथै मानसिक पिडाहरु पनि थपिन्छन । कम उमेरमै सन्तान जन्माउदा आमाशिशुको मृत्यु हुने जोखिम बढी हुने अध्ययनले देखाएको छ । गर्भाअबस्था र सुत्केरी अबस्थामा घरपरिवारबाट सहयोगी व्यवहार नहुने हुदा पीडा सहन नसकेर मानसिक सन्तुलन समेत गुमाउन पुग्छन ।

शिक्षाको अधिकारबाट बन्चित भइन्छ । घरको काम गर्नमै दिनहरु बितिरहन्छन भने स्कुल जान सक्ने अबस्था हुदैन । स्कुल गए पनि पढाइमा ध्यान दिन सक्दैनन।फलस्वरूप उनिहरुको भबिस्य अन्धकार अर्थात घरको पिजडा भित्र धकेलिन्छ । व्यबहारिक कुरा बुझ्न नपाउदै जीवन घर झमेलामा फस्छन् । कयौ पटक त बालविवाह सम्बन्ध परिपक्क नहुदै तलाक जस्ता घटनाको सामना गर्न पुग्छन । वालविवाह अन्त्य गर्नका लागी वालबिबाह गर्ने र गराउनेलाइ कानुन अनुसार कडा कारबाही गर्न अबश्यक रहेको छ ।