जुम्लाको धानखेतमा विषादीको प्रयोग बढदै
जुम्ला ः जुम्लाको कृषि बालीमा बर्सेेनि विषादी प्रयोग बढ्दै गइरहेको छ । जुम्लामा रोपिने मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग भएको पाइएको हो । चन्दाननाथ नगरपालिका ८ वडाको तलिममा मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर प्रयोग हुदा मानव स्वास्थ्यमा बिभिन्नखालको असर देखीने गरेको स्थानिय धर्मराज बोहोराले बताए । उनले भने, धानखेतमा प्रयोग गरिएको झारनाशक औषधि ‘ब्युटाक्लोरले पशुबस्तु मरेका छन ।
सबै भन्दा नजिकै रहेको स्थानिय वडा सरकारले यस बिषयमा खाशै चासो नदिएको स्थानियले बताएका छन ।स्थानिय धर्मराज बोहोराले बताए । उनले भने ,यतिबेला मार्सीधान गोडमेल गर्ने समय आएको छ ।
झारनाशक औषधि ,ब्युटाक्लोरको प्रयोग गरेकै कारण गोडमेलगर्न जाने महिलालाई टाउको दुख्ने , घाँटी दुख्ने जस्ता समस्या देखीएका छन। त्यस्तै खेतमा होलेको बिषदीका कारण पानी खादै गरेका पशुवस्तु मर्ने गरेका छन ।ब्युटाक्लोर प्रयोग गर्दा मानव स्वास्थ्य, पशुपक्षी, माटो, जल तथा वातावरणमा प्रतिकूल प्रभाव पार्ने गरेको छ ।
यता चन्दाननाथ नगरपालिका ८ वडाका अध्यक्ष नरजित दमाइले भने ,ब्युटाक्लोरको प्रयोग भएको भन्ने खवर आफ्नो वडामा यस पटक मात्रै आएको बताए । उनले भने ,यस अघि आफ्नो वडामा कहिले पनि ब्युटाक्लोरको प्रयोग भएको नभएको दाबी गरे । वडा अध्यक्ष दमाइले पहिलो पटक कृर्षकलाई विषादी प्रयोग गर्दा पर्ने असरको बारेमा सचेताका तालिम दिने बताए । उनले थपे सचेतना कार्यक्रम पछि अटेरी गर्ने किसानलाई कानुनी र्काबाही अगाडी बढाउने छ । अध्यक्षले दामाइले औषधि नहालेर धान गोड्न किसानलाई आग्रह गरेका छन । लुकीछिपी ब्युटाक्लोरलगायतका रासायनिक विषादी प्रयोग भएको र बिक्री वितरण गरिएको जानकारी आएकाले किसानलाई सचेत गराउने उनले प्रतिबद्धता गरे ।
त्यस्तै कृषिजन्य उत्पादनको बजारीकरणका लागि पहल भइरहेका बेला रासायनिक विषादीको प्रयोगले किसानलाई नैं नोक्सानी हुने कृषि बिकास कार्यालयमा प्रमुख बालक राम देवकोटाले बताए । उनले भने ,बारम्बार ब्युटाक्लोर प्रयोग नगर्न किसानलाई आग्रह गरिएको छ ।
यसले पार्ने असरको बारेमा संचेतासम्बन्धी जिगंल नाटक जसता समाग्रीको प्रसार प्रचार गरिएको छ। किसानले सूचनाको अटेर गरी आफ्नो मनोमानी धानमा ब्युटाक्लोर प्रयोग गर्दा पछि गएर धानको डाँट कुहिने समस्या देखिने बताए । जुम्लाले सो विषादी प्रयोग नगर्न किसानलाई आग्रह गर्दै प्राङ्गारिक जिल्लाकै रुपमा पहिचान कायम गर्ने कार्यमा सघाउन किसानलाई आग्रह गरेको हो । गोडमेलगर्न सजिलोको वाहनामा अधिकांस किसानले लुकीछिपी विषादीको प्रयोग गर्ने गरेको पाइन्छ । यस बिषयमा सम्बन्धीत निकायको ध्यान गएको देखीदैन ।
तर जुम्लाका मार्सी धानसहित यहाँको अर्गानिक बालीको रासायनिक विषादीको विकल्प अर्गानिक जीवजन्तु तथा जैविक मल कारखानाको स्थापना गर्न लामो समयदेखि किसानले माग गर्दै आएका छन।








