सिप सिकेर आत्मानिर्भर बन्दै पातारासीका महिला

जुम्ला ः पातारासी गाउँपालिकाका महिला अत्मानिर्भर बन्न थालेका छन । पातारासी गाउँपालिकाकाले सीपमुलक कार्यक्रम अघि बढाएको पछि त्यहाका हिला आत्मा निर्भर बन्न थालेका हुन । पतारासीले पहिलो पटक ९० दिने ढाँका बुनाइ तालिम दिएर स्वरोजगार बनाउने कार्यक्रमको थालनी थियो । गाउँपालिकामा स्वरोजगार तथा आयआर्जनका लागि सीप विकास गर्ने लक्ष्यका साथ महिलाहरुलाई आत्मनिर्भर बनाउन सीपमुलक कार्यक्रमको थालनी भएको महिला तथा बालबालिका शाखा संयोजक भगवती गिरीले बताइन । उनले महिला सहकारी संस्था, हरेक वडाका महिलाहरुको लागि सीप विकास मार्फत आयआर्जन वृद्धि गरि आत्मनिर्भर बनाइ रोजगारी सृजना गर्ने, सीप विकास गरेर आत्मनिर्भर बनाउने, बताइन । पातारासीले व्यवसायीक महिला सशक्तिकरणमा जोड दिएको छ । पहिलो चरणमा गाउँपालिका भित्रका १० जना महिलालाई तालिम दिइएको हो । नन्दा रास्कोटी मगरले तालिमको सहजीकरण गरेकी छन ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष पुन्नकली महाताराले महिलाको रोजगारी सृजना गर्नका लागी यो तालिमले निकै ठुलो मद्धत पुर्याउने बताइन । प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले सीप सिके संगै महिलाको रोजगारी ग्यारेन्टी हुने बताए ।
आर्थिक रुपमा बलियो बनाउने आधार हो, उनले भने,‘ यो तालिमले महिलालाई स्वरोजगार सिर्जना गर्नेछ । आयआर्जनका क्रियाकलापमा सहभागि गराउनको लागि उत्साह भर्नेछ । ’
प्रशिक्षक नन्दा रास्कोटी मगरले तालिम अवधि भर सिकेका सीप गाउँमा गएर व्यवहारमा उतार्न आग्रह गरिन । उनले भनिन्,‘ सिकेको सीपलाई व्यवसायीक रुपले अगाडि बढाउन सके सीप सिकेको र सिकाएको सार्थक हुनेछ । ’ सिप सिकेकी महिला उमा बुढा रावतले भनिन हामी ब्यवाहारमा लागु गर्ने छौ । यो सपिले हाम्रो जिविको पार्जनमा सहज ल्याउने छ । एक प्याक तेल किन्नका लागी श्रीमानसंग हात थाप्नुपर्ने अबस्था आउने छैन ।
गाउँपालिका अध्यक्ष लछिमन बोहोराले ढाका बुनाइलाई व्यवस्थित गर्दै उद्योग स्थापना गर्नुपर्ने बताए । अध्यक्ष बोहोराले मुलुकको एजेन्डा उत्पादन भएको तर समृद्धि आधारभूत वर्गमा पुग्न नसकेको भन्दैे सबैलाई मूलधारमा ल्याउन लक्षित वर्गका कार्यक्रम सञ्चालन भइरहेको बताए । विपन्न वर्गका महिलालाई ढाँका बुन्ने सीपले सहयोग पुग्ने बोहोराको भनाइ छ । गाउँपालिकाले तालिममा सहभागि सबैलाई प्रमाणपत्र प्रदान गरेको थियो ।

सम्बन्धित समाचार