अबरुद्ध सडक खुलाउदै, जिल्ला बिपद समिति

जुम्ला।आईतबार रातिबाट लगातार आएको बर्षाका कारण अबरुद्ध भएको सडक खुलाउन जिल्ला बिपद ब्यवस्थापन समितिले स्थलगत अनुगमन गरेको छ । लगातारको भारि बर्षाका कारण जुम्लाको बिभिन्न ठाउँमा पहिरो झरेपछि सडक ठाउँ ठाउँमा अवरुद्ध भएको छ । आईतबार राती देखीको भारि बर्षाका कारण जुम्ला लगायत कर्णाली राजमार्ग अवरुद्ध छ। त्यस्तै तिलागाउपालिको रारालिही स्थित गाडगुडेनी भन्ने ठाउमा निरन्तर पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

पहिरोका कारण सडक अबरुद्ध भएपछि ,मालबाहक गाडी बाटौमा रोकीएका छन । यो वर्षको सुरुवातमै धेरै ठाउमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला बिपद ब्यवस्थापन समितिका अध्यक्ष तथा जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने छिटोसरीतो ,पहिरो पन्छाउन बिपदको टोली अनुगमनमा पुगेको हो । दुई वटा जेसिबीका स्काभेटरले पहिरो पन्छाउने काम भइरहेको छ । शुक्रबार राती वर्षा नभएको खण्डमा शनिबार दिउसो देखी जुम्लामा अबरुद्ध भएको सडक सुरुचारु हुने छ । ठाउमा ठुलो पहिरो खसेकाले स्काभेटरले मात्र पहिरो पन्छाउन सकिने सम्भावना छ ।

जुम्लामा निषेधाज्ञाका कारणले यातायातका साधन खासै नचलेको भएपनि फाटफुट चल्ने यातायातका साधन र मालवाहक गाडीका लागि सडकको पहिरो पन्छाउनु पर्ने भएकाले सुरक्षा नियकायको टोली पहिरो गएको ठाउमा पुगेको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।त्यस्तै बर्षको सुरुवातीमै यसरी बिभिन्न ठाउँमा पहिरो गएका कारण यस वषर्् बिपद प्रतिकार्य योजना बनाई उच्च सवाधानी अबनाउन आबश्यक रहेको दन्द बक्स गणका गणपती दिवाकर रायमाँझीले बताए । उनले भने भारी बर्षाका कारणले यस पटक बढी क्षेत्री हुने सम्भावना छ । त्यसैले स्थानियतहका नजप्रतिनिधिले पनि यस बिषयमा गम्भीर बन्न जरुरी छ ।

कर्णाली राजमार्ग अन्तर्गतको सुर्खेत जुम्ला सडकखण्डको विभिन्न ठाउँमा ठुल्ठुला ढुङगा सहितको पहिरो जाँदा यात्रु तथा मालबाहक सवारीसाधन अलपत्र परेको अबस्थालाई मध्यनजर गर्दै जिल्ला बिपद ब्यवस्थापनको टोली संम्बन्धीत ठाउँमा पुगेको जुम्लाका प्रहरी नयव उपरिक्षक दानबहादुर थापाले बताए । उनले भने ,लगातारको वर्षापछि कालिकोटदेखि जुम्लाका विभिन्न स्थानमा पहिरो जानुका साथै खोलामा पानीको बहाव बढ्न थालेपछि सडक यातायात अवरुद्ध बनेको छ।
त्यस्तै ससस्त्रप्रहरी बलका एसपी गगन कुमार श्रेष्ठले भने ,सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालय र सुरक्षाकर्मीले डोजर मार्फत पहिरो पन्छाउने काम भइरहेको छ। जुम्लाको गाडगुडेनीमा आएको पहिरोले माल वाहक सवारी साधन चढ्न नसक्दा स्काभेटरको सहायताले पहिरो हटाउने काम भएको छ । सडक डिभिजनकार्यलयका इन्जिनेर सन्तोष भण्डारीले भने कालिकोट जुम्ला , र मुगु गरी तिन जिल्लाका लागी तिनवटा मात्रै स्काभेटर छन । एकै पटक धेरैठाउमा पहिरो झरछ । तिनवटा स्काभेटरले पहिरो पंछाउन समय लाग्ने गरको छ ।

जुम्लामा मात्रै नभइ वर्षौ देखि कोलिकोटको सुनारखोला,मेयरखोला, घट्टेखोला, गगनेखोला, टाकुल्लाखोला, सिम्लेगाडमा बाढी र पहिरोले सडक अबवरोध हुने गरेको छ। पहिरोले सडक अबरुद्ध हुँदा पनि अहिलेसम्म यहाँका स्थानीय तहले पहिरोलाई नियन्त्रण गर्न कुनै पनि बिकल्प भने नखोजेको प्रष्ट देख्न पाइन्छ। तिलाको गाडगुडेनीमा खसेको पहिरोको स्थलगत अनुगमन गर्न जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा ,पेस नेपालका अध्यक्ष किशोर न्यौपाने , तिलागाउपालिकाका उपाध्यक्ष बिष्णुमाया बुढा , प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा लगायत सम्पुर्ण सुरक्षा निकायका पदाधिकरीको सहभागीता रहेको थियो ।