पर्यावरणीय प्रणालीको पुनःस्थापनार्थ आकाशेपानी संकलन गर्न आबश्यक छ ः अनुसन्धानकर्ता बज्राचार्य


जुम्ला ः नेपाली संस्कृति भित्रका थुप्रै पर्वहरु मध्ये सिथि नखः पनि एक हो ,जुन वर्षायाम सुरु हुनु ठिक अघि पानीका श्रोतहरु इनार, धारा, पोखरी, राजकुलो ढुङ्गेधारा इत्यादी सफा गरि मनाउने गरिन्छ । यस पर्वले काठमाडौँ उपत्यकावासीमा पानीको मुहान प्रतिको आस्थालाई महत्व दिएको देखिन्छ । त्यसैले पानीको उपलब्धता मात्रै सम्पूर्ण नभई त्यसको सरसफाईलाई पनि महत्व दिनुपर्छ भन्ने कुरालाई मनन् गर्दै आज गुथि नामक गैससले पर्यावरणीय प्रणालीको पुनःस्थापनार्थ आकाशेपानी संकलनको भुमिका विषयक अनलाईन अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ ।
नेपालमा हालको मौसमलाई हेर्ने हो भने कुनै मौसममा अतिवृति भई वर्षानै नहुने अवस्था आईसकेको छ । जसको असर तापक्रममा अधिक्तम बृद्धि भईरहेको छ । तथापि यस सम्बन्धि अध्ययन खासै भएको पाइदैन । यसै विषयलाई समेटेर प्रदेश नं. १ र प्रदेश नं. ३ (बागमती प्रदेश) मा १९८० देखि २०१९ सम्म यस क्षेत्रमा वर्षा र बढ्दो तापक्रमको स्थिति बारे अध्ययनले देखाएको छ ।
गत ४० वर्षको तापक्रम र वर्षात सम्बन्धि विभिन्न स्थानमा रहेको स्टेसन वाट तथ्याङ्क संकलन गरि गरिएको अध्ययनलाई अनुसन्धानकर्ता अमिताब बज बज्राचार्यले प्रदेश नं १ मा प्रत्येक वर्ष ०.०२५८ डिग्री र बागमती प्रदेशमा ०.०३२ डिग्रीका दरले तापमानमा वृद्धि भईरहेको जानकारी दिए । उनले भने ,वर्षातको स्थिति हेर्ने हो भने प्रदेश नं. १ मा ६.४५ मिमि र वागमती प्रदेशमा १.३४५ मिमि का दरले घट्दै गईरहको तथ्यलाई उजागर गरे । यस्तै स्थिति कायम रहेमा पानीको सतह घट्दै जाने र खडेरी पर्ने सम्भावना अधिक रहने बारे जानकारी दिदै समयमै सचेत हुन आफ्नो प्रस्तुतिकरण मार्फत सबैलाई आग्रह गरेका हुन । नेपालका बढी जसो कृषि आकासेपानीमा निर्भर रहेको छ । प्रदेश नं १ मा १.५५५ मिमि र बागमती प्रदेशमा ०.३५०१ मिमि दरले मनसुन घटदै गईरहेको अध्ययनले देखाएको छ । भने मनसुन अघिको वर्षातको तथ्याङ्क हेर्ने हो भने प्रि मनसुनमा प्रदेश नं १ मा ०.०५७१ मिमि र बागमती प्रदेशमा ०.२५७ मिमि का दरले वर्षातमा वृद्धि भएको देखाउँछ ।
बिना मौसमको वर्षातले बाली चक्रमा असर गर्नुका साथै विनासकारी किराहरुका लागि अनुकुल भई लगाएका बालिहरुलाई क्षति पुर्याउने सम्भावना प्रवल हुन जान्छ भने शहरी बाढीको जोखिम पनि उतिक्कै रहन्छ । तथापि वर्षात अधिक हुने स्थानको अध्ययन गरि आकाशेपानीलाई पुनःभरण गर्ने हो भने शहरी बाढीलाई नियन्त्रण गर्न सकिन्छ, उनले भने ।
त्यस्तै परम्परागत ढुङ्गेधारा र पोखरीहरु आकाशेपानीमा निर्भर रहेको र आकाशेपानी रिचार्जका लागि महत्वपूर्ण प्रणाली भएको समिप नारायण श्रेष्ठले बताए । उनको अध्ययन अनुसार काठमाडौं महानगरपालिका वडा नं. १४ मा औषतमा प्रति घरधुरि १३८.४२ वर्ग मिटरको छत रहेको जुन आकाशेपानी संकलनका लागि पर्याप्त रहेको छ । उनले का.म.पा. वडा नं. १४ का बासिन्दाहरुले विभिन्न पानीको श्रोतको प्रयोग गर्दै आएको र ५४.९० प्रतिशत घरहरुमा आकाशेपानी बैकल्पिकरुपमा प्रयोग गर्दै आएको जानकारी दिए। आकाशेपानी संकलन प्रविधि भन्दा इनार निर्माण वातावरणीय तथा लागतको हिसावले लाभदायि नभएको देखिन्छ ।
ईनार निर्माण गर्न करिब १ लाख १२ हजार सम्मको लागत पर्दछ भने आकाशेपानी संकलन प्रविधि निर्माण गर्न ७० देखि ८० हजार मात्र पर्न जान्छ । वार्षिक एक घर धुरिलाई ९४,००० लि. आकाशेपानी संकलन प्रविधि निर्माण गर्दा लाग्ने लगानी करिव दुई वर्ष पानी टयांकरबाट किन्नु पर्ने रकम बचत गर्न सकिन्छ । ७० प्रतिशत भन्दा बढी वर्षात मनसुनमा हुने भएकोले त्यस समयको वर्षातलाई संकलन गर्न सके पाईपलाईनमा पनि धेरै पैसा खर्च गर्न नपर्ने र जमिन पुनःभरण गरेर पानीको श्रोतको सतहमा पनि वृद्धि गर्न सकिने कुरा आफ्नो प्रस्तुतिकरणमा श्रेष्ठले प्रस्तुत गरे । कार्यक्रममा काठमाडौं महानगरपालिका शहरी विकास योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले महानगरपालिकाले रिचार्ज काठमाडौं अन्तर्गत पानी पुनःभरण र शहरी बाढी रोक्न मुख्य गरी दुई योजना संचालनमा आइसकेका जानकारी दिए । उहाँले यही योजना अन्तर्गत निर्माण गरिएको जमिन पुनःभरण संरचनाले पानीको सतह बढाएको र बाढीको समस्यालाई पनि समाधान गर्न सफल भएको बताउनुहुँदै यही योजना हाल का.म.पा. वडा नं. ५ को वडा कार्यालय भवनमा र वडा नं. १ मा अवस्थित विद्यालयमा सफल्ता पूर्वक परिक्षण गरिएको जानकारी दिए । उनले भने“आकाशेपानी संकलन सम्बन्धि जनचेतना समुदाय स्तर सम्म पुयाउनु पर्छ र विभिन्न अध्ययन तथा तथ्याङ्कका आधारमा आकाशेपानी सङ्कलन सम्बन्धि निति नियम कार्यान्वय गर्नु पर्दछ ।
अहिले महानगरपालिकाले ःMayors Research fellowship को पहिलो सत्र सम्पन्न भैसकेको र चाँडैनै दोस्रो सत्र ल्याउन लागेकोले यस ellowship मा आकाशेपानी संकलन सम्बन्धि अध्ययनका लागि प्रस्ताव पेश गर्न आह्वान गर्दछु ।,“ बस्नेतले जानकारी गराए ।
काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. सन्जीव विक्रम राणाले आकाशेपानी संकलन प्रविधि विज्ञान सम्मत हुन जरुरी भएको बताए । उनले जमिनको स्थितिलाई अध्ययन गरेर मात्र जमिन पुनःभरण गर्नु पर्ने अवस्थाको चित्रण गर्दै यसको लागि बोर्डले जमिनको पानीको म्यापिङ (न्चयगलम धबतभच mबउउष्लन) गर्दै आएको र उक्त प्रतिवेदन चाडैनै तयार हुने कुरा कार्यक्रममा बताउदै महानगरले रिचार्ज काठमाडौंलाई वैज्ञानिकरुपमा संचालन गर्न आवश्यक रहेको धारणा राखे ।
“आकाशेपानी संकलन शहरको ढल व्यवस्थापन र शहरी वाढी न्यूनिकरणका लागि महत्वपूर्ण हुनेछ ।“ डा. राणाले भने । आयोजना प्रमुख ज्ञानेश बज्राचार्यले हालै सम्पन्न बागमती नदी वेसिनमा गरिएको आकाशेपानी संकलन र जमिन पुनःभरण परियोजनाको प्रारम्भिक अवस्थामा ९१.८% घरधुरीले यस प्रविधिमा कुनै उत्साह देखाएका थिएनन् तर यस परियोजनाको लक्ष्य २५०० घरमा आकाशेपानी संकलन र जमिन पुनःभरण गर्ने रहेता पनि २१३४ घरमा निर्माण सम्पन्न गरिसकेको छ । यस परियोजना संचालनको अवधिमा विशेष गरी महिलाहरुको सहभागिता रहेको र १९१ प्रशिक्षण संचालन गरिएको जानकारी दिए ।

कार्यक्रममा पुर्व वातावरण तथा विज्ञान मन्त्री गणेश शाहले पानीको प्रत्येक थोपा महत्वपूर्ण रहेको र आकाशेपानी पानीको महत्वपूर्ण स्रोत भएको बताए । उनले आज वर्षातका कारण विश्वभरमा खतरा बढेको र नेपालमा पनि मनसुनको सुरुवात संगै विभिन्न ठाउँमा बाढी पहिरोले ठुलो धनजनको क्षति गरेको तर्फ ईगित गर्दै यस्तो दैविय प्रकोपको रोकथामका लागि आकाशेपानी संकलन र जमिन पुनःभरणको बैज्ञानिक प्रविधिको विकासले केही सहजिकरण गर्न सक्ने जानकारी दिए । “सरकारले प्रत्येक सरकारी भवन, विद्यालय र संयुक्त वसोवास क्षेत्रमा आकाशेपानी संकलन र पानी पुनःभरण प्रविधि जडान गर्न जरुरी भएको र यस क्षेत्रको विकासका लागि दक्ष मानव जनशक्ति उत्पादन गर्न ढिलो गर्न नुहुने शाहले बताए । यस थप जानकारीका लागीप्रकाश अमात्य प्राविधिक सल्लाहकार गुथिको फोनः ९८५१०९७९१०बाट सहयोग लिन सक्नु हुने छ ।

सम्बन्धित समाचार