सिजाको धिताललिहीमा आगलागी ः एक घर जलेर नष्ट

जुम्ला ः सिजा गाउपालिका तिन धिताललिहीमा आगलागी भएको छ । शुक्रबार साँझ धिताललिहीको सेरा बजारमा रहेको मनप्रसाद धितालको घरमा बिजुलीको तार सट भई आगलागी हुदा १३ कोठे घर पुर्ण रुपमा जलेर नष्ट भएको हो । आगलागी पीडीत मनप्रसाद धितालले भने ,साँझ, करिब साढे दश बजेको समयमा हो, हामी खान खायर सुतेको थियौ । घरमा अरु दुइजना पनि भाडामा बसेका थिए । उनले भने , बिजुलीको तार सट भएर आग्लागी हुदा आठकोठा पुर्णरुपमा जलेर नष्ट भएका छन । ५कोठाका केही काठ र ढुंङगा मात्रै बाँकी छन ।

आग्लागी पीडीत भन्छन , एक लाखको नगरद जलेको छ । श्रीमतीको घरगहना लत्ताकपडा अन्नपात पुर्ण रुपमा क्षेति भएको छ । मेरो घरमा ८जनाको परिवार छ । लकडाउनको समय छ, कुनै आर्यआर्जन गर्ने ठाउ छैन ,यो परिवार कसरी पाल्ले भन्दै चिन्ता ब्यक्त गरे । अग्नीपीडीत धितालले भने ,यस्तो महामारीछ कतै गयर कामगरी परिवार पाल्ने उपाय पनि छैन।घरमा भएको अन्नपात सबै जलीसक्यो ,उनले ,आफ्नो परिवारको लागी गाँसबाँस, कपासको सहयोग गरिदिन सरोकारवाला संग आग्रह गरे । उनले आफ्नो घरमा बस्ने ३ परिवारको अन्नपात लुगालत्ता र नगद सहित धनमाल क्षेति भएको बताए ।

त्यहाका स्थानिय बासी ,वडा अध्यक्ष ,नराकोट प्रहरी चौकिका प्रहरी समयमै पुगेर आगो नियन्त्रणमा लिन सफल भएका हुन ।सबैको सहयोगले समयमै आगोनियन्त्रण हुदा मानवीय क्षति हुन बाट जोगीएको छ । यता जिल्ला प्रहरीकार्यालयका प्रहरी नायव उपरिक्षक दानबहादुर थापाले भने , नराकोट प्रहरी चौकीको प्रहरीको टोली घटना स्थालमा गयर स्थानियको सहयोगमा आगोनियन्त्रणमा लगेको हो ।

अब तत्काल मुचुल्का उठायर क्षेतिको बिवरण एकिन गरी पठाउन भनेको छु । , त्यहाका स्थानियका अनुसार ठुलो क्षेती भएको भन्ने छ, तर यर्थाथ क्षेतिको बिवरण प्रहरीको मुचुल्का पछि मात्रै थाहा हुने प्रहरी नायव उपरिक्षक थापाले बताए । त्यस्तै स्थानिय अगुवा पुर्ण प्रसाद धितालले उद्वारकार्यमा जुट्ने जनसमुदाय र प्रहरी प्रति हार्दिक आभार ब्यक्त गरेका छ । उनले अग्नि पिडित प्रति हार्दिक सहानु भूति प्रकट गर्दै ,राहत तथा पुनःस्थापनाका लागी सरकार, सँघ सँस्था र उच्च मानवीय भावना भयका महानुभावलाई सहयोग गरी अग्नीपीडीतको घाउमा महलम लगाउन आग्रह समेत गरेका छन।

 

सम्बन्धित समाचार