ज्येष्ठ नागरिक संघ जुम्लाका उपाध्यक्ष न्यौपानेको निधानले सवैको आँखामा आँशु झरे

जुम्ला ः ज्येष्ठ नागरिक संघ जुम्लाका उपाध्यक्षको दुखत निधानले सवैको आखामा आँशु रसाएको छ । ज्येष्ठ नागरिक संघ जुम्लाले आयोजना गरेको श्रद्धाञ्जली सभामा सबै जेष्ठ नागरिकका आँखा रसाएका हुन । ज्येष्ठ नागरिक संघ जुम्लाका उपाध्यक्ष मुनिशचन्द्र न्यौपानेको निधनले ज्येष्ठ नागरिकहरुले अपुरणीय क्षेति भएको बताएका छन । यहि जेठ १५ गते उपाध्यक्ष न्यौपानेको निधन भएपछि जिल्लामा आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा ज्येष्ठ नागरिकहरुले सम्झेका छन् ।जिल्ला ज्येष्ठ नागरिक संघका अध्यक्ष तिर्थराज भारती सहित कार्यसमिति, सल्लाहकार समितिका पदाधिकारीहरुले १५ औ दिनको तिथिमा श्रद्धाञ्जली सभा मनाएका हुन ।

अध्यक्ष भारतीले भने ,ज्येष्ठ नागरिक संघ जुम्लाका उपाध्यक्षको निधनले ज्येष्ठ नागरिक परिवारलाई पनि ठूलो क्षेति भएको छ । उनका अनुसार ज्येष्ठ नागरिक संस्था यो अवस्थामा आईपुग्दा उनको ठूलो सहयोग रह्यो ।उपाध्यक्ष न्यौपाने सहित यो समयमा निधन भएका ज्येष्ठ नागरिकहरुको श्रद्धाञ्जली सभामा अध्यक्ष तिर्थराज भारतीले रुदै उपाध्यक्ष न्यौपानेको स्मरण गरेपछि सवैको आखामा अाँशु झरेको हो । अध्यक्ष भारतीले मैले उपाध्यक्षलाई श्रद्धाञ्जली गर्नुपर्ने दुखत दिन आएको भन्दै उपाध्यक्षबाट अध्यक्ष बनाउने धोको पनि पुरा नभएको बताए । यसैगरी राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ नेपालले एक शोक बिज्ञेप्ती जारी गरेर श्रद्धाञ्जली व्यक्त गरेको छ ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ नेपालले शोक बिज्ञेप्ति जारी गरेको छ । जेष्ठनागरिक संघले जारी गरेको शोक बिज्ञप्तीमा भनिएको छ ,। ज्येष्ठ नागरिक जिल्ला संघ, जुम्लाका कार्यवाहक अध्यक्ष एवं संस्थापक उपाध्यक्ष र शिक्षा क्षेत्रका धरोहर मुनिषचन्द्र न्यौपाने ज्यूको ७४ वर्षको उमेरमा मिति २०७८ जेष्ठ १५ गते भएको अकल्पनीय दुःखद् निधनले हामी समस्त भएका छौ । यस घटनाले ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत सम्पूर्ण सहकर्मीहरूलाई मर्माहत बनाएको बताएको छ । राष्टीय जेष्ठनागरिक महासंघका अध्यक्ष मदनदास श्रेष्ठ र महासचिव छत्रबहादुर प्रदान बाट जारी शोक बिज्ञेप्तीमा हार्दिक श्रद्धाञ्जली सहित उनको दुःखद् निधनले जिल्ला संघ, जुम्ला लगायत समस्त जुम्लेली समाजमा अपूरणीय क्षति पुगेको बताईएको छ

सम्बन्धित समाचार