सुख र समृद्धिको खोजीमा भौतारिरहेका कर्णालीबासीले दिएको बलिदान स्थापित गरौ ः संसद भण्डारी

जुम्ला ः कर्णाली प्रदेशसभाका सदस्य तथा कर्णाली प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सुख र समृद्धिको खोजीमा भौतारिरहेका कर्णालीबासीहरूले बलिदानको मूल्य स्थापित गरौ तर्फ लागन सबैलाई अनुरोध गरे । उनले , व्यवस्थाको घाँटी निमोठ्न चाहने पुनरूत्थानवादी पात्र एवं प्रवृतिहरू औचित्य हिन भएको बताए । हाम्रो दुश्मन कोभिड, अभाव, गरिबी हो, त्यसका विरुद्ध जीत सुनिश्चित गरौँ,कर्णाली प्रदेशसभाका सदस्य तथा कर्णाली प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जनताको प्रश्नहरुको जवाफ एकल नभई सामुहिकरुपले दिनुपर्ने बताए

कर्णाली प्रदेशसभाको बिहीबार बसेको आठौं अधिवेशनको तेस्रो बैठकलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य भण्डारीले प्रचुर सम्भावनाको खानी हुँदाहुँदै सुख र समृद्धिको खोजीमा भौतारिरहेका कर्णालीबासीहरुले बलिदानको मूल्यमा स्थापित कर्णाली प्रदेशसभाको जारी अधिवेशनलाई आशा र विश्वासको नजरान्दाज गर्दै सयौं प्रश्न गरिरहेको बताए । उनले ‘हामीमाथि तेस्र्याईउका प्रश्नहरको समुचित जवाफ दिन नसक्दा जनताका प्रश्नहरुले हामी च्यापिने छौँ । जसरी पुरानो व्यवस्था च्यापिएर नामेट भएको थियो

। प्रश्नको एकल होइन, सामुहिक जवाफ दिनु पर्दछ, न सत्तापक्ष न त प्रतिपक्ष, फरक यति, सत्तापक्षले प्रतिपक्ष भन्दा बढि जवाफ दिनुपर्ला । प्रश्नमा पिठ्यूँ फर्काउन किमार्थ मिल्दैन । तसर्थ, जनताले सोधेका प्रश्नहरुको सामुहिक सम्बोधन गरौँ । किनकी हामी जनप्रतिनिधि हौँ । हामी आन्दोलनका सहयात्री हौँ । अभ्यासरत व्यवस्था कसैले जबरजस्त थोपरेको होइन । हामीले रोजेको र खोजेको हो ।’त्यसैगरी उहाँले अगाडि भन्नुभएको छ, ‘हाम्रो दुश्मन कोभिड, अभाव, गरिबी, बेरोजगारी र अशिक्षा हो, त्यसका विरुद्ध जीत सुनिश्चित गरौँ । मानवीय कमजोरीबाट कोही अछुतो हुँदैन । दुधले नुहाएका हामी कोही छैनौँ । कमजोरी सच्याउँ, चुनौतीलाई अवसरमा परिणत गरौँ । एकले अर्कालाई हृदयदेखि सहयोग गरौँ, निषेधको राजनीतिलाई बदर गरौँ, सहकार्यको राजनीतिलाई सदर गरौँ ।’

जिम्मेवार सत्तापक्ष र रचनात्मक प्रतिपक्ष बन्न, कर्णालीका समस्या राष्ट्रिय समस्याकै अंश भएको सत्यलाई मनन गर्न, समस्या समाधानको सामुहिक सहकार्य गर्न र कर्णालीलाई नकारात्मक राजनीतिक सन्देश प्रवाहक नभएर सकारात्मक सन्देश प्रवाहक बनाउनुपर्नेमा जोड दिँदै राउटे समुदायकी युवतीहरूको जीवन रक्षा गर्न र अपराधमा संलग्नहरूलाई हदैसम्मको कारवाही गर्न संघीय र प्रदेश सरकारलाई नेकपा (माओवादी केन्द्र) दलको तर्फबाट विशेष अनुरोध गर्नुभएको थियो ।
प्रस्तुत छ, प्रदेशसभा सदस्य तथा निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बिहीबार कर्णाली प्रदेशसभाको आठौं अर्थात् बजेट अधिवेशनको तेश्रो बैठकमा दलको तर्फबाट प्रस्तुत धारणा जस्ताको त्यस्तै ।

माननीय सभामुख महोदय,

प्रथमतः विषम परिस्थितिमा आयोजित कर्णाली प्रदेशको यस सम्मानित सदनको प्रतिक्षित आठौँ अर्थात बजेट अधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु ।कोभिड–१९ को महामारीका कारण दिवंगत हुनुहुनेहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछु ।
प्राणघातक कोभिड १९ सँग जुधिरहनु भएका समस्त संक्रमित दाजुभाइ तथा दिदीबहिनीहरूमा सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
एकल प्रयासबाट मात्र महामारीका रूपमा विश्वव्यापी फैलिएको कोभिड–१९ विरुद्धको लडाइमा सफलता हाँसिल गर्न नसकिने भएकाले सामुहिक प्रतिरोधको लागि हार्दिक अपिल गर्दछु । सदन सुचारू गर्न सहयोग गरेकोमा प्रमुख प्रतिपक्षलाई धन्यवाद दिन चाहन्छु ।

माननीय सभामुख महोदय,

सिङ्गो विश्व कोभिड–१९ रुपी महामारीका विरुद्ध र हाम्रो मुलुक महामारी तथा बाटो बिराउँदै गरेको राजनीतिका विरूद्ध जुधिरहेको छ । महामारी र उल्टो यात्रा उन्मुख राजनीतिले लपेटिरहँदा कर्णालीबासीको आस्था र विश्वासको प्रतिक कर्णाली प्रदेशसभाको यो बजेट अधिवेशनमा सहभागी भइरहेका छौँ ।

प्रचुर सम्भावनायुक्त हुँदाहुँदै सुख र समृद्धिको खोजीमा भौतारिरहेका कर्णालीबासीहरूले बलिदानको मूल्यमा स्थापित कर्णाली प्रदेशसभाको यस अधिवेशनलाई आशा र विश्वासको नजरले हेरिरहेका छन्, उनीहरूले प्रश्न गरिरहेका छन् । विश्वासको मत दिएर पठाएका तिमि जनप्रतिनिधिहरूले कलेटी परेका हाम्रा ओठहरूमा मुस्कान भर्न सक्छौ ? गरिबीको रसातलमा भाँसिएका कर्णालीलाई समृद्धिको काञ्जिरोवा आरोहण गराउन सक्छौँ ? खोसिएको हाँसो र च्यापिएका रङ्गिन सपनाहरूको उद्धार गर्न सक्छौँ ?

सम्मानित सदनले पारित गर्ने नीति, कार्यक्रम र बजेटले समृद्ध कर्णाली र सुखारी कर्णालीबासीको संकल्पलाई सार्थक तुल्याउन सक्छ वा सक्दैन ? अधिवेशनले साधन स्रोतहरूको न्यायोचित वितरण गर्छ वा गर्दैन ? अधिवेशनले कर्णालीबासीको मुहार बदल्न योगदान गर्न सक्छ वा सक्दैन ? तिमि जनप्रतिनिधिहरूले कोभिडरुपी जीवाणुको आतङ्कबाट नागरिकहरूको जीवन रक्षा गर्न सक्छौ वा सक्दैनौ ?

लाग्छ, प्रश्नहरू हलभित्र गुञ्जिरहेका छन् । त्यसको ध्वनि छेउछाउमा बहिरहेको हावामा पनि महशुस गर्न सकिन्छ । यी यक्ष प्रश्नहरूको जवाफ दिन हामी कठघरामा उभिएका छौँ । समुचित जवाफ दिन नसक्दा जनताका प्रश्नहरूले हामी च्यापिने छौँ । जसरी पुरानो व्यवस्था च्यापिएर नामेट भएको थियो । प्रश्नको एकल होइन, सामुहिक जवाफ दिनु पर्दछ, न सत्तापक्ष न त प्रतिपक्ष, फरक यति, सत्तापक्षले प्रतिपक्ष भन्दा बढि जवाफ दिनुपर्ला । प्रश्नमा पिठ्यूँ फर्काउन किमार्थ मिल्दैन । तसर्थ, जनताले सोधेका प्रश्नहरूको सामुहिक सम्बोधन गरौँ । किनकी हामी जनप्रतिनिधि हौँ । हामी आन्दोलनका सहयात्री हौँ । अभ्यासरत व्यवस्था कसैले जबरजस्त थोपरेको होइन, हामीले रोजेको र खोजेको हो ।

माननीय सभामुख महोदय,

हामीले अनवरत प्रश्न गरिरह्यौँ, दुःखको सागरमा कर्णाली किन पौडिरहेको छ रु कर्णालीमा किन सुखका फल फल्न सकेनन् रु सुख र समृद्धिको खोजीमा दुःख, अभाव र गरिबीको स्रोत मानिने पुरानो व्यवस्थालाई बिदाई गर्यौँ । विकल्पमा रगत, आँसु र पसिनाको मुल्यमा हामीले नयाँ व्यवस्था अर्थात संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यौँ ।

स्थापित व्यवस्था संकटमा पर्दै गइरहेको छ, प्रतिगमनको खतरा बढेको छ । जनप्रतिनिधिको सर्वोच्च संस्था प्रतिनिधिसभा माथि पटक पटक प्रहरा भएको छ । विधिको शासनको स्थान बाहुबल र अराजकताले ओगट्दैछ । संघीयता कार्यान्वयनमा संघीय सरकार अपेक्षित सक्रियता देखिएको छैन । संघीय सरकारले संविधान प्रदत अधिकार कार्यान्वयनको मार्ग फराकिलो पार्ने प्रमुख संघीय ऐनहरु र मापदण्ड पारित गर्न विलम्ब गरिदिँदा अझै पनि न प्रदेश प्रहरी गठन हुन सकेको छ, न त प्रदेश निजामती सेवा ऐन व्यवस्था अनुरूप कर्मचारी भर्ना प्रक्रिया प्रारम्भ हुन सकेको छ । जसको नकारात्मक प्रभाव प्रत्यक्षतः प्रदेश सरकारको कार्यसम्पादनमा परेको छ ।

व्यवस्थाको घाँटी निमोठ्न चाहने पुनरूत्थानवादी पात्र एवं प्रवृतिहरू व्यवस्थालाई औचित्य हिन सिद्ध गर्न उदाइरहेका सुर्य, बहिरेको हावा, बगिरहेको पानी र घुमिरहेको पृथ्वीलाई पनि प्रश्न गर्ने धृष्टता गर्दैछन् । हाम्रा कमजोरीहरु प्रति निर्मम बन्दै इतिहासको यो जटिल र संवेदनशील चक्रमा हजारौ सर्वोत्तम छोराछोरीहरूको बलिदानको मूल्यमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ गर्नु परिवर्तनकामी शक्तिहरूको प्रमुख अभिभारा हो । अन्यथा नेपाल असफल प्रयोगशाला भइरहने छ । विकास र समृद्धि एकादेशको कथा सावित हुनेछ । हामी दन्त्य कथाका पात्रमा सिमिति हुनेछौँ ।

प्रतिपक्षले सत्तापक्षको विरोध गर्नै पर्ने र सत्तापक्षले प्रतिपक्षलाई किनारामा धकेल्नै पर्ने नेपाली राजनीतिको परम्परागत संस्कार भन्दा माथि उठेर कौडा छातिका साथ बेहिच्किचाहट, बेकन्जुस्याईं समृद्ध नेपाल र समृद्ध कर्णाली निर्माणको ऐतिहासिक कार्यभार सम्पादनार्थ दृढ संकल्पित बनौँ ।

हाम्रो दुश्मन कोभिड हो, अभाव हो, गरिबी हो, बेरोजगारी हो, अशिक्षा हो, त्यसका विरूद्ध जित सुनिश्चित गरौँ । मानवीय कमजोरीबाट कोही अछुतो हुँदैन, दुधले नुहाएका हामी कोही छैनौँ, कमजोरी सच्याउँ, चुनौतीलाई अवसरमा परिणत गरौँ, एकले अर्कालाई हृदयदेखि सहयोग गरौँ, निषेधको राजनीतिलाई बदर गरौँ । सहकार्यको राजनीतिलाई सदर गरौँ ।

जिम्मेवार सत्तापक्ष र रचनात्मक प्रतिपक्ष बनौँ, कर्णालीका समस्या राष्ट्रिय समस्याकै अंश भएको सत्यलाई मनन गरौँ । समस्या समाधानको सामुहिक सहकार्य गरौँ । कर्णालीलाई नकारात्मक राजनीतिक सन्देश प्रवाहक नभएर सकारात्मक सन्देश प्रवाहक बनाउ । राउटे समुदायकी युवतीहरूको जीवन रक्षा गर्न र अपराधमा संलग्नहरूलाई हदैसम्मको कारबाही गर्न संघीय र प्रदेश सरकारलाई ने।क।पा। ९माओवादी केन्द्र० दलको तर्फबाट बिशेष अनुरोध छ ।

माननीय सभामुख महोदय,

हिँउमा कठ्याङ्ग्रिएका, राराहरूमा डुबिरहेका र परिश्रममारपसिनामा पनि ओइलाइरहेका कर्णालीका सपनालाई न्याय गर्ने सामुहिक उदघोष गरौँ । कर्णाली अभावको पर्याय होइन समृद्धिको स्रोत भएको वास्तविकतालाई स्थापित गरौँ । कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सघन सहकार्यको नमूना अभ्यासमार्फत समृद्ध, विकसित, सम्पन्न, आधुनिक र सुसंस्कृत कर्णाली निर्माण गर्ने सामुहिक संकल्प गरौँ । सम्भव छ ।

कर्णालीबासीका समुज्वल भविष्यको रेखा कोर्ने अपेक्षा गरिएको यो अधिवेशनको पुनः सफलताको शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद !!

 

सम्बन्धित समाचार