आयुर्वेद अस्पताल चिकित्सकमाथि हातपात, ३ जना पक्राउ


सुर्खेत । प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका चिकित्सकमाथि हातपात भएको छ । अपरिचित युवाहरुको समूहले साँझ सवा ६ बजेतिर हातपात गरेका हुन् ।
आयुर्वेद अस्पतालका डा.शंकरप्रसाद रिजाल, डा.यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि हातपात भएको प्रहरीले जनाएको छ ।
अपरिचित व्यक्तिको आक्रमणबाट चिकित्सकहरु सामान्य हाइते भएका छन् । चिकित्सकमाथि हातपात गर्ने ३ जना युवाहरुलाई नियन्त्रणमा लिइएको सुर्खेतका (डीएसपी) प्रवक्ता रामप्रसाद घर्तीमगरले बताए ।
पक्राउ परेका युवाहरुको विवरण र घटनाको बिवरण अझैँ खुलाइएको छैन ।