संक्रमितको स्वास्थ्य अवस्था बुझ्न आइसोलेसनमा पुगे ः प्रजिअ थापा

जुम्ला ः जुम्लाका प्रमुख जल्लिा अधिकारी भुपेन्द्र,थापा कोरोना संक्रमितको स्वास्थ्य अवस्था बुझ्न आइसोलेसन पुगेका छन । उनी तातोपानी गाउपालिकाले बनाएका आइसोलेसन सेन्टरमा बसेका संक्रमितको अबस्था बुझ्न पुगेका हुन । प्रजिअ थापा तातोपानी गाउँपालिका आइसोलेसनमा बसेका संक्रमति र कोभडि अस्पतालको अवस्था बुझेर गाउँपालिकाको स्वास्थ्य शाखा लाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान समेत गरेका हुन । तातोपानी गाउपालिकाले बनाएका आइसोलेसनमा प्रजिअ थापा स्वास्थ्य सामाग्री सहति पुग्दा स्वास्थ्यकर्मी हर्षित भएका छन।

संक्रमतिले आइसोलेसनमा बसेका संक्रमितको अबस्था बुझ्न प्रजिअ थापा आफै पुग्दा उनिहरु हर्षित छन । जल्लिा कोभडि १९ संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका प्रमुख जल्लिा अधिकारी थापाले पपिइि र गमबुड २० सेट ,सेनिटाइजर ३० बोतल,सेनिटाइजर ५ ग्यालिन ५, एन नाइन्टीफाइभ मास्क ५० पिस,सर्जिकल मास्क ५० बक्स,एलआर थर्ममिटर ५ पिस,फेस शिल्ड ८० पिस,लुज ग्लोब्स ५ पाकेट,सर्जिकल ग्लोब्स ५ पाकेट, सोडिएम हाइडोक्लोराइड सोलुसन ३ गेलेन,सेनेटरी प्याड १० पिस र अक्सीमिटर ४ पिस तातोपानी गाउँपालिकालाई बुझाएका हुन ।

प्रअिज थापाले कोरोना संक्रमितलाई उच्च मनोबल बढायर ‘ कोरोना जित्ना हौसला दिएका छन। उनले स्वास्थ्यकर्मीलाई पनि ,ढुक्क संग संक्रमितको उपचार र निगरानी गर्न अनुरोध गरे । उनले थपे आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउँछौँ । ’ त्यस्तै तातोपानी गाउँपालिकाका दुई वटा आइसोलेसन सेन्टरमा ४७ जना संक्रमित रहेको उपाध्यक्ष गंगादेवी उपाध्यायले बताइन ् । उनले भनिन , उनीहरु सबैको अवस्था सामान्य छ । चार जना होमआइसोलेसनमा छन । १९ जना निको भएर घर फर्किसकेका छन ।

जिल्लाको तातोपानी गाउँपालिकाको लाम्रा स्थित आइसोलेसन सेन्टर र कोभिड अस्पताल र राँका गाउँ स्थित आइसोलेसनमा पुगेर संक्रमितलाई उर्जा दिने प्रमुख जिल्ला अधिकारी थापा नेतृत्वको टिम पुगेको थियो ।,‘यो कठिन अवस्थामा संक्रमिलाई हौसला र भरोसा आवश्यक छ । त्यही भरोसा दिन आइसोलेसन सेन्टरमा प्रमुख जिल्ला अधिकारी थापाको टोली पुगेको छ ।

आइसोलेसन सेन्टरमा पुगेका प्रजिअ थापाले संक्रमितलाई समस्या के छन ? भनेर सोधेका थिए । तातोपानी सरकारले संक्रमितको लागी राम्रो व्यवस्थापन गरेको प्रतिक्रिया संक्रमितले दिएका छन । उनीहरुले आइसोलेसनको व्यवस्थापन र जनप्रतिनिधि र कर्मचारीको खटनपटन प्रति खुसि ब्यक्त गरेका छन । संक्रमितको नियमित स्वास्थ्यजाँच भइरहेको र अक्सिजनको मात्रा चेक भइरहेको तातोपानी गाउपालिकाको स्वास्थ्य शाखाले बताएको छ । प्रजिअ थापाले , संक्रमितलाई तातो झोलिलो पदार्थ खान र तातोपानी पिउनु सुझाए ।

जन्ताको सेवामा खटिदा प्रमुख जिल्ला अधिकारी थापाले दुई पटक संक्रमित भएकोले आफ्नो अनुभव समेत आदान प्रदान गरेका छन । जुम्लाको एक नगरपालिका सहित सात वटै गाउँपालिकामा सिडिओ थापाले आफै आइसोलेसन सेन्टर निर्माण व्यवस्थापन र कोभिड अस्पताल सञ्चालनको बिषयमा अनुगमन गरिसकेका छन । प्रमुख जिल्ला अधिकारी थापाले गाउँमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न जरुरी देखिएको बताए । जुम्लामा यतिबेला रोपाइँ चलेको छ । उनले भने,‘हरेक रोप्नेरीलाई मास्कको व्यवस्थापन गर्नु पर्ने देखिन्छ । दुरी कायम गरेर खेत रोप्ने व्यवस्थापन स्थानीयतहले मिलाउनु पर्ने आश्यकछ ।’

त्यस्तै तातोपानी गाउँपालिका उपाध्यक्ष गंगादेबी उपाध्यायले संक्रमितलाई आइसोलेसन सेन्टर सम्म ल्याउनु चुनौति भएको बताइन् । उनले भनिन्,‘गाउँपालिकाले सके सम्मको व्यवस्थापन गरेको छ । कोरोना संक्रमण फैलनन नदिनको लागि सचेतना फैलाउनुका साथै संक्रमितको उचित हेरबिचारका लागि जिम्मेवार रहेको छ । ’प्रमुख जिल्ला अधिकारी थापा संग जिल्ला प्रहरी प्रहरी प्रमुख डिएसपी दानबहादुर थापा र सशस्त्र प्रहरी प्रमुख एसपी गगन श्रेष्ठ , प्रहरी अनुसन्धानका प्रमुख शंखर केसी ,जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मी पनि सहभागी थिए ।