एमाले विवादः पार्टी मिलाउन दोस्रो तहका नेता पुन छलफलमा

काठमाडौं । नेकपा एमालेका दोस्रो तहका नेताहरु पार्टी मिलाउन भन्दै एक हप्तापछि पुन वार्तामा बसेका छन् । आइतबार अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता गर्ने भन्दै ६ बँुदे प्रस्ताव ल्याएका थिए । तर झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले उक्त प्रस्तावको उपादेयता नै नभएको भन्दै अस्वीकार गरेको थियो । तर मंगलबार भने दुबै पक्षका दोस्रो तहका नेताहरु एकताको प्रयास गर्न ललितपुरको समिट होटलमा छलफलमा जुटेका छन् ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट सुवास नेम्वाङ,विष्णु पौडेल, प्रदिप ज्ञवाली र विष्णु रिमाल सहभागी भएका छन् । माधवकुमार नेपाल पक्षबाट सुरेन्द्र पाण्डे  र गोकर्ण विष्ट सहभागी भएका बताइएको छ ।

आइतबार ओलीले एकताकोलागि भन्दै ६ बँुदे प्रस्तावको काउन्टरमा सोमबार मात्रै खनाल–नेपाल पक्षले एकता गर्ने हो भने आफूले प्रस्ताव गरेका ६ बुँदा ओली पक्षले मान्नु पर्ने बताएको थियो । जब कि ओलीले कारबाहीको विषय देखि अघि सारेको एकता प्रस्ताव अल्मल्याउने चालबाजी भएको भन्दै भ्रममा नपर्न आफ्नो पक्षका नेता कार्यकर्तालाई अपिल गरेको थियो ।

जब कि दोस्रो तहका नेताहरु भने जेठ ५ , जुठ १८ र आज पनि दोछलफलमा जुटेका छन् । यो भन्दा पहिला दुई पटक याक एण्ड यती होटलमा छलफल भएको थियो । तर छलफलबाट भने केहि निस्कर्ष निस्कन सकेको थिएन ।